मुलुक संविधान सभाको दोस्रो चुनावका लागि नयारी छ । निकै सरगर्मी चढेको छ । यो साँचो कुरा हो किनकी केन्द्रमा मात्र हैन जिल्ला जिल्लामा यसले निकै धेरै प्रभाव जमाएको देखिएको छ । जनताहरु उत्साही पनि देखिएका छन् पहिलो चुनावले जनताका भावनाहरुको कदर गर्न सकेन् खैर लामो समयदेखी संचालन गरिएको द्धन्द्ध समाप्त भएको छ । यसले अँझै केही राम्रो निकासको बाटो देला भनेर जनताहरुमा अहिले थप उत्साह बढेको देखिएको छ किनकी जसरी भएपनि जनताका गुमेका हक र अधिकारहरु सुनिस्चित हुनेछन् अनि जताहरुले दिगो शान्ति सँगै अधिकारहरुको सुनिश्चित हुने छ । यस्तो भनिरहँदा सवैलाई एकै मालोमा नबाँधेर गरिएको चुनवा पुनः विगतका बर्षहरुमा गरिएको एकतन्त्रिय चुनाव जस्तो हुने त होईन् । जनताहरुको लागि भनेर निर्माण गरिएका संविधानहरु कुनै अर्को शक्तिले बनाउने वित्तिकै जलाउने त होईन यसको लागि पनि सचेत हुनुपर्ने होईन र नत्र पुनः नेपालमा दिगो द्धन्द्धव्यवस्थापन भएको हुनेवाला देखिने अवस्था छैन् किनकी नेकपा माओवादी बन्दुक उठाउनपनि तयार जस्तो देखिएको छ यसको समयमै समाधान खोज्न नसके पुनः विगतको गल्ति दोहोरीने अवस्था नआउला भन्न सकिदैन् ।





