नगरपालिकालाई सफलता सँगै चुनौती

नारायण नगरपालिका दैलेखले पुर्वाधारसँगै देखिएका अन्य विभिन्न समस्याहरुलाई मध्यनजर गर्दै कतिपय राम्रा कामहरुमा समेत चासो देखाएको छ । नगरपालिकालाई पुर्ण सरसफाईका लागि अहिले नगरभित्रका सवै वडाहरु खुलादिसामुक्त गर्ने अभियान अन्तरगत पहिलोपटक वाड नं. ३ लाई खुलादिसामुक्त वडा घोषणा गरेको छ । नगरभित्र रहेका ऐतिहाँसिक महत्व बोकेका कला सँस्कृति संरक्षणतर्फ पनि नगरपालिकाले ध्यान दिन थालेको देखिएको छ । यो सँगै नगरभित्रको सिमित     राजश्व संकलनले समेत नगरपालिकाले        फराकिलो गरि काम गर्न सकेको छैन् ।
गर्मियामसँगै जिल्लामा देखिएको आगलागी समस्या समाधानका लागि बारुणयन्त्र ल्याउने अन्तिम तयारीमा नगरपालिका लागेको देखिएको छ ।
सरसफाईको दिगो समाधानको खोजी गरि यसबर्ष नगरपालिकाले ठोस योजना ल्याउने पनि जानकारी दिएको छ । नगरभित्र रहेका ऐतिहाँसिक महत्वका बस्तुहरुको संरक्षण र प्रचार प्रसारमा पनि यसले उचित ध्यान दिन सक्यो भने नगरपालिकामा आन्तरिक देखी बाह्य पर्यटकको समेत चाप बढ्ने संभावना देखिन्छ ।
हालसम्म ५० प्रतिशत मात्र सौचालयमा सफलता प्राप्त गरेको नगरपालिकाले अव बाँकी ५० प्रतिशतका स्थानहरुमा सौचालय र सरसफाई सम्वन्धि जनचेतना फैलाउन चुनौती समेत देखिएको छ । किनकी प्रतिब्यक्ति आम्दानी न्यून भएका यहाँका वासिन्दाहरुमा सौचालय आफ्नो लागि भन्ने न्यून चेतनाले पनि यो अभियानमा चुनौती थप्ने संभावना देखिएको छ यसका लागि नगरले झिल्को अभियान संचालन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार