जनताको सेवा पहिलो मुद्धा बनाउ

जिल्लामा गुणस्तरीय र जनपक्षीय सेवा वारे पछिल्ला दिनहरुमा केही राम्रा प्रयासहरुको थालनी भएको छ ।
जनताले चाहेको वेला नेपाल सरकारले दिनमिल्ने सुचनाहरु उपलब्ध गराउनका लागि कुनैपनि कार्यालयहरुमा सुचना अधिकृतको आधिकारीक नियुक्त नभएका जिल्लाका सरकारी कार्यालयहरुमा अहिले सुचना अधिकारी भनेर तोक्न थालिएको छ । यो पनि सेवाप्रतिको चासो र जनपक्षीय सेवा दिनका लागि गरिएको    राम्रो प्रयास भन्नुपर्नेै बेला आएको छ । सरकारले धेरै बर्षअघि यस्ता कुराहरुको नीतिगत व्यवस्था गरिसकेको भएपनि त्यसको उपयोग भयो कि भएन भनेर हेर्ने एउटा गैरसरकारी संस्थाले काम थालेपछि र सुचना माग गरेपछि अलिकति परिवर्तनको आभास हुन थालेको छ ।
सुचनाको हक केवल पत्रकारहरुका लागि मात्रै हो भन्ने दरिद्र मानसिकतामा आजभोली कमी आएको देखिएको      छ । आम नागरिकहरुले आफुले चाहेको सुचना माग गर्न थालेका छन् ।
बिशेषत नारायण नगरपालिका दैलेख अन्र्तरगत गरिएको यस्तो कार्यले केही मात्रामा भएपनि परिवर्तन भएको देखिएको छ ।
नारायण नगरपालिकालाई अँझै जावाफदेही वन्न कार्यक्रमले सहयोग पु¥याएको प्रतिक्रया समेत आएको छ । जे होस् जिल्लाका सवै सरकारी कार्यालयहरुले जिल्लावासिहरुको हरेक   आवश्यकता लागि पहिलो सेवा जनपक्षीय हुनुपर्ने भन्दै अगाडी बढ्नुपर्ने वेला आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार