सवैले चुनावमा भागलिने बातावरण बन्नुपर्छ

सवैले चुनावमा भागलिने बातावरण बन्नुपर्छ मुलुकमा पछिल्लो विकसीत राजनीतिक घटनाक्रमले मुलुकको ठोस निकास दिन नसक्ने विभिन्न विश्लेषणहरु भैरहेका छन् । किनकी संविधान सभा जस्तो महत्वपुर्ण र जिम्मेवारी वोकेको कामको लागि गरिने निर्वाचनमा एउटा सिंगो मोर्चा चुनाव बाहिर हुनु र निर्वाचन हुनुले पक्कै पनि राम्रो सन्देश नदिने देखिएको छ ।
राजनीतिक वृतमा यसको फरक चर्चा परिचर्चा होला तर गाउँस्तरमा वा पहाडी जिल्ला दैलेख जस्ता अन्य पडाही जिल्लाहरुमा भने अँझै यसको प्रभाव राम्रो नदेखिने पक्का भएको छ । त्यसैले सवै आम राजनीतिक दलहरुले केवल देश र जनताका लागि   राजनीति गरेका हुन् भने पुनः एकपटक गम्भिर भएर सोच्नुपर्ने बेला आएको छ ।
दैलेख जस्तै धेरै पहाडी जिल्लाहरु छन् जो अहिलेपनि विगतको द्धन्द्धको कहालीलाग्दो पीँडाबाट गुज्रीएका छन् उनीहरुका हक र अधिकारहरु खोसिएका छन् । कार्वाही हुनुपर्ने मान्छेहरुले अँझै कार्वाही भोग्न सकेका छैनन् किनकी उनीहरुका लागि चाहिने स्पष्ट कानुनी व्यवस्था मुलुकमा वन्न सकेको छैन् र उक्त कानुनलाई कडाईका साथ लागु गर्न सक्ने स्थायी सरकार छैन् ।
यस्तो महत्वपुर्ण अवस्थाको दिगो समाधान र स्थायी शान्तिको कामना गर्ने महत्वपुर्ण थालो को रुपमा रहेको संविधान सभामा सवैले आ –आफ्ना ईच्छा र चाहनाहरुलाई एक – एक कदम छाडेर जनताका ईच्छा र चाहनाको लागि देशको समग्र विकासको लागि छोड्यौं भन्दै पुन ः चुनावमा भाग लिने वातावरणको सृजना भई चुनाव भएको खण्डमा सवैको अधिकारको कदर हुने देखिएको छ ।
नत्र एउटाले वनाएको संविधान वनेको दिनमै अरुले नमान्ने अवस्था आयो भने दोहो¥यार गरेको चुनाव र ढुकुटी सकेर           राज्य कंगाल हुने सिवाय अरु केही नहुने      हो की ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार