जनताले जनताको लागि गरिने प्रत्यक्ष शासन व्यवस्था र त्यो शासन व्यवस्था संचालनका लागि आवश्यक पर्ने कानुन निर्माणका लागि गरिन थालिएको संविधान सभाको दोस्रो निर्वाचनको मिति नजिकीँदै गर्दा यसबाट उत्पन्न हुने अन्य थप परिस्थितीको बारेमा समेत विभिनन दृष्टिकोणबाट विश्लेषण भैरहेको देखिएको छ ।
मंसिर ४ लागी तोकिएको संबिधान सभाको निर्बाचलाई निश्पक्ष भयरहित वातावरणमा सम्पन्न गर्नका लागि जिल्ला जिल्लामा सर्बपक्षिय बैठक सम्पन्न भएका छन् संभवत चुनाव हुने निश्चि प्राय भैसकेको छ ।
चुनाव हुनु निकै राम्रो कुरा हो तर मुलुकको एउटा सिगो शक्तिलाई बाहिर राखेर गरिएको चुनावले कति सार्थकता पाउने वा यसको कति प्रभाव हुने र कसरी संविधान निर्माण हुने यि र यस्ता थुपै्र यक्ष प्रश्नहरु यतीवेला उब्जीएका छन् किनकी यसले पक्कै पनि मुलुकमा दिगो शान्ति र संविधान बन्ने संभावना देखिएको छैन् ।
यस्ता थुप्र्रै सवालहरु उठिरहेका वेला जिम्मेवार निकायका मानिसहरुले पनि यसबारे पक्कै कुनै न कुनै वाहानामा प्रतिपक्षी वा रुस्ट भएका दलहरुलाई एकमत बनाएर अगाडी बढ्नुपर्ने वेला आएको छ ।
४६ दिन मात्र बाँकी रहेको दोस्रो संविधान सभालाई अँझै भब्य बनाउन यदी आन्दोलन रत दलहरुले नयाँ बिकल्प दिएर सहमतीमा आउने प्रयास गर्छन भने एकपटक यसको पनि तयारी गर्नुपर्ने देखिएको छ । नत्र पछि ईतिहाँसले को सफल को असफल भन्ने दिनको फेरी सुरुवाती भएको खण्डमा देश र जनताले चाहेको संविधान र स्थायी शान्ति मुलुकमा कायम नहुने हो की भन्ने चिन्ता पलाउन थालेको छ ।





