चुनावमा सेना परिचालन किन ?

पहिलो संविधान सभा असफल भएपछि द्रोसो पटक हुन लागेको संविधान सभाको चुनाव यहि मंसिर ४ मा गराउने तयारीमा सरकार पक्ष लागेको छ भने ३३ दलीय राजनीतिक मोर्चाले चुनाव कुनै पनि हालतमा सम्पन्न हुन नदिने अभियानमा सरिक देखिएको छ । चुनाव गराउने पक्ष र चुनाव हुन नदिने पक्षबीच द्धन्द्ध सिर्जना भएको छ । चुनाव हुन नदिने पक्षलाई  सेनामार्फत् ठीक पार्ने योजनामा शत्तापक्ष तयारीका साथ लागि सक्यो ।
सरकारले चुनावी प्रयोजनका निम्ति नेपाली सेनालाई प्रयोग गर्ने निर्णय गरेपछि संविधानमै संशोधन गरेर राष्ट्रपतिले समेत सेना परिचालनमा अग्रसरता देखाएका थिए । अन्यायमा परेका जनताले न्याय माग्न जाने अन्तिम ठाउँ सर्वाेच्च अदालतको प्रमुख व्यक्ति सरकार प्रमुखमा आसिन हुन पुगेका प्रधानन्यायाधीश खिलराज रेग्मी र राष्ट्राध्यक्षको हैसियतमा नेपाली जनताको अभिभावकको भूमिकामा पुगेका राष्ट्रपति डा.रामवरण यादवले  नेपाली जनताकै विरुद्धमा नेपाली सेनाको प्रयोग गर्न पछि परेनन् ।
चुनावी प्रयोजनका लागि भनेर छिमेकी मुलुक भारतले नेपाली सेनालाई हातहतियारसहितको सैन्य सामग्री उपलब्ध गराउने बचन दिएको छ ।     संविधानसभा चुनावको घोषित मंसिर ४ को मितिलाई अलि पर सारेर सबै राजनीतिक दलहरूलाई चुनावमा सहभागी गराउने वातावरण देशमा बनिरहेका बेला अकस्मात नेपाल भ्रमणमा आइपुगेकी   भारतीय विदेश सचिव सुजाथा सिंहले मंसिर ४ मै चुनाव गर्नुपर्छ भनेर नेपालका प्रमुख भनिएका दलका शीर्ष नेताहरूलाई दवाव दिएर फर्किएपछि चुनावी वातावरण बिथोलिएर नेपाल युद्धमा होमिने खतरा उत्पन्न भइरहेको छ ।
यस्तो स्थिति सृजना गराएर भारतले नेपाली सेनालाई जति पनि हतियार र जस्तो पनि युद्ध सामग्री उपलब्ध गराउने आश्वासन दिएको छ । के भारतले नेपाली नेपाली विच लडाएर स्वार्थको             राजनिती गर्न खोजी रहेको त हैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार