
तन्नेहरुको तरुण जोख्ने तराजु कस्ले बनायो ? बनाउने मापदण्ड के थियो ? तराजुका प्रत्येक पालाहरुमा तानियका तुनाहरु र अन्तत तराजु झुण्डाउने खाँबोले के तन्नेरिहरुकोतरुण धान्न सक्छन ? यस्तै र यिनै प्रश्नले आज प्रत्येक जवानहरुबाट जवाफ मागेको छ । तन्नेरीहरुलाई लक्षित गर्दै सर्वहारा वर्गका महान गुरु क. माओले भनेका थिए । यो संसार तिमीहरुको पनि हो, हाम्रो पनि हो, तर अन्त्यमा तिमीहरुकै हो । यस भनाईभित्र पाको पुस्ताले तन्नेरिहरुलाई जिम्मेवारी मात्र होईन कर्तब्यको आभास पनि दिलाएको छ अनि बनाएको छ तन्नेरीहरुको तरुणलाई संसारको मालिक जुन कुराले चोमोलोङमा पारि र वारिका केहि जिवित परिदृश्यहरु केलाउन मनलाग्यो ।
जुनकुरा हिमालपारि बन्छ त्यो वारि कपोकल्पित छ । हिमाल पारिको माटो तेहि पिटेर बनाएको बाटो र बाटोका यात्रिहरु हिमाल वारिका सपनाबनेका छन । चोमोलोङ्मा अर्थात सगरमाथा वारिपारी मात्र होईन दशगजा भित्रबाहिर पनि तपाईहामिले देखेको यस्तै परिदृश्य हो । तन्नेरिहरुको तरुणलाई विदेशिको तुलोमा तौलेर तेल किन्छ मेरो सरकार । बालुवामा बगैचा झुलाउन माटो छोडेर अरब पठाउछ मेरो सरकार तेहि बगैचामा मेरै देशका मन्त्रीहरु मग्नमुग्ध हुन्छन ,लाखाँैको कोष सकेर स्वदेश फर्कन्छन र आहा बालुवाको देश हिरा हो कि मणि भनिदिन्छन ।
फेसबुकको वालहरुमा र टेलिभिजनको पर्दामा एकतमास सपनाहरु बाँडिदिन्छन । यता मेरो देशका तन्नेरिहरुले आफ्नै बिहे छोराको न्वारन बहिनिको दाईजो पिताको श्राद्धे आमाको पुण्यतिथिमा लगाएको ऋण र श्रिमतिको उपचारमा थप्न नसकेको ओखति आदि आदि कारणले खन्दाखन्दैको घरबारि बस्तुलाई साँचेर राखेको खरबारि एकै पटक छिमेकिलाई जिम्मादियर खाडि र अरबको बालुवामा तरुण बेच्न अनुहारमा चिन्ताको तराजु लियर एकाबिहानै हानिन्छन । आफ्नै देशको बाटो बनाउछु भनेर साबेल र घन ठोक्दाठोक्दै लडेर घाईते बनेको श्रिमान जोगाउन एउटा युवति आफ्नै शरिर दाउमा राखेर खाडि र अरब तिर हानिन्छे । मेरो सरकार भने वाहा नारिको हिम्मत अभिमान र आँटभनेर तालि बजाउछ । पुस्ता दरपुस्ता देखि देशकानाममा आफ्नै गाँस चुडेर कर तिरेको एउटा नागरिक औषधिको अर्को डोज थप्न हजार नपायर मृत्यु शैयामा अन्तिम सास तानिरहेका बेला मेरो सरकार बालुवाटारमा लाखौँको भतेर गरेको हुन्छ । एउटा तन्नेरी खुसि किन्न खाडिका बजारहरुमा चिन्ताको तराजु खल्तिमा राखेर रित्तो तराजु डुलाउछ यता सरकार तरुणहरुकोे करुण चित्कार र सन्नाटाहरु हराए सुन्नु पर्दैन भनेर हल्ला फिजाउन टोल टोलमा कार्यकर्ता नामका कटुवालहरु डुलाउछ । तन्नेरिहरुको तरुण र चिन्ताको तराजु एकै सिक्काका दुई पाटा बिडम्बना तर नेपालि मौलिकता हो यस भित्र आफ्नोपन छ ।
खास तन्नेरि को हो ? उमेर समूहका आधारमा तन्नेरि लाई छुट्याउने या तन्नेरि पनलाई युवा भन्ने अहिले पनि बहसको विषय बन्दै आएको छ । तन्नेरिलाई उमेर समूहको आधारमा मात्र परिभाषित गर्ने प्रचलन हाम्रोमा छ । तरुण समग्र जीवनको एउटा यस्तो उमेर अवस्था हो, जहाँ व्यक्तिमा साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वास हुन्छ । एक तरुण जस्ले यही उमेरमा आफ्नो फरक पहिचान निर्माण गर्न चाहन्छ । समाजमा आफूलाई अब्बल सावित गर्न संघर्षरत हुन्छ । युवा अवस्था मानव जीवनकै सर्वाधिक ऊर्जाशील समय हो । परिवारको प्रत्यक्ष निगरानीबाट मुक्त हुँदै आफ्नो क्षमतामाथि विश्वास गर्न थालेको हुन्छ । त्यसैले युवा अवस्था निर्णायक उमेर हो, जुन अवस्थाले विगत र भविष्यलाई जोड्छ ।
विश्व श्रमिक संगठनले १५–२९ वर्ष उमेर समूहका मानिसलाई तन्नेरी भनेको छ भने विश्व स्वास्थ्य संगठन र युनिसेफले १५–२४ वर्ष उमेर समूहलाई तन्नेरी भनेको छ । युवाको परिभाषा देशअनुसार फरक–फरक देखिन्छ । जस्तै स् भारतले १५–३५, चीनले १४–२८, बंगलादेश र फिलिपिन्सले १५–३०, फिनल्यान्ड र नर्डिक युथ काउन्सिलले १६–२९ वर्षसम्मकालाई युवा भनेको छ भने हंगेरीमा १५–२६, जापान र जमैकामा २४, केन्यामा ३५ र पाकिस्तानमा ४० वर्षसम्मकालाई तन्नेरी मानिन्छ । नेपालमा राष्ट्रिय युवा नीति २०६६ मा १६–४० वर्ष उमेर समूहलाई युवाको अर्थात तन्नेरीको परिभाषाभित्र राखेको छ । २०६८ को जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ४०.३४ प्रतिशत युवा छन् भने १५–२४ उमेर समूहका युवा अर्थात तन्नेरीको कुल जनसंख्याको १९.९६ प्रतिशत अथवा ५२ लाख ९० हजार देखिन्छ । कुल जनसंख्याको करिब आधा युवाहरूको संख्या छ । जहाँ युवाको संख्या उल्लेख्य छ, त्यसलाई राष्ट्र विकासका लागि राम्रो सूचकांकका रूपमा लिइन्छ । यसलाई स्वर्णिम समय मानिन्छ । तर यहाँ ठूलो जनसंख्या युवाको हुँदा पनि राज्यले उनीहरूलाई परिचालन गर्न कुनै ठोस र प्रभावकारी कार्यक्रम बनाउनसकेको छैन । युवाहरूलाई राज्यको मूलधारमा समाहित गर्न र राज्यप्रति जिम्मेवार र उत्तरदायी बनाउन युवा लक्षित कार्यक्रम ल्याउनु जरुरी छ । २०५२ सालमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले युवा मन्त्रालयको गठन गरे पनि त्यसपछिका सरकारले युवा लक्षित कार्यक्रम ल्याउन सकेनन् । युवा मन्त्रालय गठन भएको करिब १५ वर्षपछि २०६६ मा राष्ट्रिय युवा नीति जारी गरियो । युवालाई राज्यको मूलधारमा ल्याउन र उनीहरूमा स्वयम्सेवी भावनाको विकास गर्ने सकारात्मक परिकल्पना युवा नीतिमा गरिए पनि यसको कार्यान्वयन हुन नसक्दा यो केवल कागजमै सीमित हुनपुग्यो । युवा नीति जारी भएको ८ वर्षपछि बल्ल युवा परिषद गठन गर्ने सरकारले आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । यस बीचमा मुख्य राजनीतिक दलहरूका युवा भ्रातृ संगठनहरूले युवाका सम्बन्धमा बहस र छलफल चलाइरहेका छन् । जस्तो युथ भिजन २०२५ जस्ता विषयमा अवधारणा, छलफल र कार्यक्रमहरू हुनु पनि सकारात्मक पक्ष हो ।
वास्तवमा बेरोजगारी देशको ठूलो समस्या हो । बेरोजगारीले बढाएको युवा पलायन डरलाग्दो छ । विभिन्न तथ्यांकअनुसार वर्षेनि पाँच लाख युवा नेपालको श्रमबजारमा आउँछन्, तर पाँच प्रतिशतले मात्र रोजगारी पाउँछन् । यसमध्ये पनि आफ्नो क्षमता र योग्यताअनुसार रोजगारी पाउनेहरू न्युन छन् । देशभित्र बेरोजगारीको भयावह स्थितिले युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य छन् । दैनिक एक हजारदेखि पन्ध्र सय युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया लगायत खाडी मुलुकमा आफ्नो श्रम बेच्न विवश छन् । भारतमा रहेका नेपालीबाहेक करिब ४५ लाख नेपाली युवा कामदारका रूपमा मध्यपूर्व लगायत देशमा छन् । यसमा करिब ३२ लाख कामदारमात्र अभिलेखीकरण भएका छन् । अभिलेखीकरण नभएका कामदारका रूपमा क्रियाशील कामदार जति पनि बेला प्रहरीको फन्दामा पर्नसक्ने, बिरामी हुँदा स्वास्थ्य उपचारका लागि अस्पताल जानसमेत नपाउने, सार्वजनिक रूपमा हिँडडुल गर्न नपाउने, रोजगारदाताबाट शोषणमा पर्ने, तलब नपाउने, नेपाल फर्कन चाहेका बेला फर्कन नपाउने लगायत समस्यामा काम गरिरहनुपरेको छ । नेपाली युवा वैदेशिक रोजगारीका क्रममा थ्री डी अर्थात् ‘डर्टी, डिफिकल्ट र डेन्जरस’ काम गर्न बाध्य छन् भने उनीहरूको फोर डी अर्थात् डिटेन्सन, डिपोटेसन, डिप्रेसन, डेथ’को अवस्था रहेको छ । वैदेशिक श्रम बजारमा सस्तो र दुस्खको काम गर्ने कामदारका रूपमा नेपाली परिचित छन् । देश छोडेदेखि नफर्किंदासम्मका सबै समय उसका लागि पीडादायी, भय र त्रासबीच बिताउनुपर्ने हुन्छ । विदेश पलायनको क्रम रोकिनेभन्दा झन् बढ्दो छ । अर्कोतर्फ उच्चशिक्षाका नाममा विदेश पलायन हुनेहरूको संख्या पनि कम छैन ।
राष्ट्र विकासको मेरुदण्ड युवा आफ्नै देशभित्र आफ्नो भविष्य असुरक्षित र अनिश्चित देखिरहेको छ । तत्कालका लागि विप्रेषणमार्फत आउने रकमले राज्य सञ्चालनमा केही टेवा पुर्याए पनि यसले दीर्घकालीन रूपमा पार्नसक्ने असरबारे राज्य बेखबर बन्न मिल्दैन । युवालाई देशभित्रै रोजगारको सिर्जना गर्नुपर्छ । नेपालमा चुनौतीका जति ठूला कुरा गरिन्छन्, तर सम्भावना पनि उत्तिकै छ । हामीले चुनौतीका धेरै कुरा गर्यौं, राष्ट्रिय र अन्तर्राष्ट्रिय फोरमहरूमा । अनि सम्भावना कुरा गर्दै पछिल्ला दिनहरू गुजारिरहेका हामीले अब सम्भावनालाई नगदमा रूपान्तरण गर्ने दिन आएका छन् । सम्भावनाको सपनामा सीमित होइन, अब हामीले समृद्धिको यात्रा थालनी गर्ने हो भने सम्भावना बोकेका क्षेत्रहरूको पहिचान गर्दै कार्यान्वयन तर्फको यात्रा बढाउनुपर्छ । अबहामिले चिन्चाको तराजुलिएर खाडिका खण्डक हरुभन्दा कृषि, जलस्रोत र पर्यटन भित्र दीर्घकालीन विकासका आधारशिला तयार पार्नू पर्छ ।
रोजगारीका लागि यी क्षेत्रहरू निकै सम्भावना भएका क्षेत्र हुन् । अनन्त कालसम्म अस्तित्वमा रहिरहने यी तीन क्षेत्रलाई राज्यले प्राथमिकीकरण गर्नुपर्छ । निजी क्षेत्र या राज्य कुनैको एकल प्रयासबाट मात्र यी क्षेत्रको विकास सम्भव छैन । यसका लागि निजी र सरकारी दुबैले हातेमालो गर्दै देशलाई समृद्धिको मार्गमा डो¥याउन ढिलाइ गर्नुहुन्न । यसका लागि शिक्षामा पनि व्यापक सुधार गर्नु अत्यावश्यक छ । बेरोजगार शिक्षित उत्पादन गर्ने कारखाना बनिरहेको आरोप छ, नेपालका शिक्षालयलाई । यसकारण जीवनोपयोगी र रोजगारमुखी शिक्षामा हामीले जोड दिनसक्यौं भने अहिले जुन रूपमा बेरोजगार समस्या देखिएको छ, यसमा सुधार आउनेछ ।
नेपालमा अहिलेसम्म भएका सबै राजनीतिक परिवर्तनको अग्रमोर्चामा रहँदै आएको तन्नेरी पुस्ता परिवर्तनपछि भने सधैं भूमिकाविहीन हुँदै आएको छ । युवालाई भविष्यको नेतृत्वकर्ता भन्दै सधैं मूलधारबाट बञ्चित गराइँदै आएको छ । तर सबैले बुझ्नुपर्ने सत्य के हो भने युवा भविष्यमात्र होइन, वर्तमानको हिस्सेदार पनि हो । वर्तमानमा युवाको अस्तित्व अस्वीकार गर्नु भनेको युवालाई भविष्यको सपना देखाएर सधैं भूमिकाविहीन बनाउनु हो । युवाको क्षमताप्रतिको अविश्वास हो ।
राजनीतिक दलभित्र युवाको उपस्थिति तल्लो तहमा उत्साहजनक रहे पनि नेतृत्व र नीति निर्माण तहमा सन्तोषजनक देखिँदैन । एकाध युवाहरूको प्रतिनिधित्व त्यहाँ देखिए पनि त्यसमा सन्तुष्टि हुनसक्ने अवस्था छैन । युवाहरूको भूमिका निर्णायक भन्दा सहायक र सहयोगीका रूपमा मात्र सीमित छ । पाका नेताहरूमा युवाशक्तिबारे उपभोक्तावादी चिन्तन हावी छ र उनीहरूलाई भ्रातृ संगठनमा मात्र प्रयोग गरेका छन् । युवालाई पार्टीभित्र सिप, क्षमता र योग्यताका आधारमा सिर्जनात्मक ढंगले उपभोग गर्नेभन्दा पनि पार्टीको शक्ति प्रदर्शनका रूपमा उनीहरू प्रयोग भइरहेका छन् । युवालाई नेतृत्व प्रदान गर्ने कार्यमा पुरानो पुस्ता उदासीन छ । नेपालीहरूको औसत उमेर २२ वर्ष हो, तर अहिले नेपालका ठूला दस पार्टीको नेतृत्व हेर्ने हो भने ६० वर्ष माथिको छ । यसले पनि युवाप्रति दलहरू गम्भीर नभएको स्पष्टै हुन्छ ।
तन्नेरि नभए पनि तरुण पन र तरुण मन भएको व्यक्ति दल र सरकारको नेतृत्वमा पुग्यो भने पनि तरुण तरुण अर्थात युवाका क्षेत्रमा निकै काम हुनसक्छन् । तर हामीकहाँ पुरानै संस्कार र संस्कृतिमा रुमल्लिरहेका नेताहरू जो युवाका मुद्दाहरूप्रति गम्भीर देखिँदैन । यिनीहरूले युवाहरूलाई सम्भावना होइन, चुनौतीका रूपमा लिन्छन् । अन्य देशले युवाहरूलाई परिवर्तन र विकासको सम्वाहक भनिरहँदा हामीकहाँ ठीक विपरीत रूपमा लिइन्छ । युवाप्रति हेर्ने दृष्टिकोण नै सही छैन । नेतृत्वको सोचमा परिवर्तन आउनु जरुरी छ । तन्नेरिहरुको तरुण चिन्ताको तराजुमा तौलेर विदेशिको देशबनाउन माटो बिर्सेर बालुवालाई मणिबनाउन पठाउने मेरो सरकार हो । किनकि उ निर्दयि छ उसलाई दुख्ख के हो थाहा छैन सायद अभाव र पिडाको जिन्दगी उस्ले सपनामा पनि देखेन यो साँचो के मनेमा हो भने सिहँदरबारको चारकिल्लामा सुरक्षाका सयौँ लाईन भित्र सिहाँसनमा अजिब सास फेरिरहेको सिहँ हो मेरो देश । भेट्न परिचय बोकेर आउँ भन्छ जस्ले पुस्तौभयो नागरिकता भेट्टाको छैन भन्नुहोस उस्ले के लिएर जान्छ ।









