जीवनमा लगभग ८५ प्रतिशत समय अरुलाई चिन्न र जान्न खोज्दैमा बित्छ । किनकि, आजसम्म अरू यस्तो हुनुपथ्र्याे, त्यस्तो हुनुपथ्र्याे, त्यस्तो नहुनु पथ्र्याे भन्दैमा आफू के हो र कसरी जान्ने आफूलाई मेसो पाएको छैन मानिसले ।
विपनामा त के सपनामा पनि व्यक्तिले अरूलाई नै धेरै भूमिकामा देख्छ आफूलाई कमै देख्छ । धेरैलाई लाग्छ जीवनमा सपना देख्ने र त्यसलाई पूरा गर्न लागिपर्ने पुरुषार्थ व्यक्ति नै आफू हो । संसारमा केहि प्रतिशत सन्तहरू भेटिन्छन् जसले सपनालाई होइन जागरणलाई बुझेका हुन्छन् । उनीहरु भन्छन् एउटा जागृत चेतना नै आफू हो ।
सपना र जागृतीको पहिचान
मनोविदहरू भन्छन् जस्तो मानिस छ उस्तै सपना देख्छ । योगीहरू भन्छन् अतृप्त कामना सपना बनेर आउँछन् त्यसैले कामना या सपनाको पछाडी दौडने होइन बरू त्यसलाई साक्षीपूर्वक निरीक्षण गर्ने र त्यसबाट मुक्ति हुने उपाय खोज्नुपर्दछ । सपना देख्नै छाड्ने ? कुरा सुन्दापनि आश्चर्य लाग्न सक्छ । आफैंले कसरी सपना देखौं र नदेखौं भनेर रोज्ने अर्थात सपनामाथि नियन्त्रण गर्न सकिन्छ ? भन्ने लाग्नु स्वाभाविक हो। कतिपय दार्शनिक, विद्वान र नेताहरुले भन्ने गर्दछन्– सपना देखे पो पूरा हुन्छ अर्थात सपना पूरा हुन सपना देख्नुपर्छ भन्ने उनीहरुको धारणा रहेको हुन्छ । तर सपनामा हामी के देख्छौं ?
सपनामा आफू बाहेक सबैलाई, सबै कुरालाई देख्छौं । साथीभाई, आफन्त, श्रीमान, श्रीमती सबै हुन्छन् । कसैको बढुवा हुन्छ, कसैले ठूलो बंगला बनाइसकेको हुन्छ, कसैको केहि भइरहेको हुन्छ आदि आदि कुरा सपनामा देखिन्छ । तर आफू देखिदैन । अरुलाई नै केहि भैरहेको, अरुले नै केहि गरिरहेको यस्तै । जे कुरा विपनामा होस् भन्ने हाम्रो चाहना थिए ति पनि सपनामै देखिन्छ । जे नहोस् भन्ने हो त्यो पनि सपनामै ।
गुरुले मुस्कुराउँदै जवाफ दिए– ‘ठीक भन्यौ, मैले पनि तिमी भित्र वर्षौंदेखि अझै बाकी रहेको लोभ, मोह, क्रोध, इष्र्यारुपी दुर्गन्ध भरिएको मनलाई सफा नगरिकन, तिम्रो चित्तशुद्धि नभईकन कसरी दीक्षा दिउँ ? तिमीले पनि मनका अशुद्धिहरुलाई सफा गर । जब तिम्रो मन र विचार पवित्र भावनाले ओतप्रोत हुन थाल्दछ त्यसै दिन तिमी दीक्षित हुनेछौ ।
सपना सपना नै हो भन्ने कुरा हामीले ख्यालै नगरी आज सपना यस्तो देखें त्यसैले अनिष्ट हुन्छ या शुभ हुन्छ भनेर अनुमान लगाउने र विश्वास नै गर्छौं । सपना यति काँतर हुन्छ कि निद्राबाट थोरै सिरक तान्नासाथ गायब हुन्छ । सपना साँचो हुन्थ्यो त सिरक तानेर ओढेर सुतेपछि फेरि त्यो सपनाले निरन्तरता पाउनुपर्दथ्यो । अहँ त्यस्तो हुँदैन ।
सपनामा रमाउनेहरू सपनानै देख्न रुचाउँछन्, सपनामानै मजा मान्दछन् । जागेपछि सपना हराएर जान्छ त्यसैले उनीहरु जाग्न चाहदैनन् । राती सुतेर बेहोशी निद्रामा देखिने सपनाको कुरा गरिरहेपनि हाम्रो जीवनको भागदौड र जीवनको सपना पनि ठ्याक्कै यस्तै छ । आवश्यकता जुन पूरा नगरी हुँदैन त्यसकोलागि हामीलाई सपना देख्नु पर्दैन। जागृत रहेर, होशपूर्णभएर, सम्यक कर्मले हाम्रा अति आवश्यक कुराहरु हामी पुर्याउन सक्छांै । जब आवश्यकता भन्दा पर इच्छा जाग्छ तब हामी सपना देख्न थाल्छौं । यो सपनामा पनि हामी आफूलाई देख्दैनौं अरुलाई नै देख्छौं । अरुको भन्दा ठूलो घर, अरुको भन्दा धेरै कमाउने श्रीमान, अरुको भन्दा नयाँ डिजाइनको गाडी, छोराछोरीको पढाई अरुका छोराछोरीको भन्दा राम्रो आदि आदि इच्छा जीवनमा देखिने सपना हुन् ।
यस्ता सपनाले कहिल्यै जागृत हुन दिंदैन बरु देखासिकीमा लैजान्छ । हाम्रो आवश्यकता भन्दापनि अरुको देखासिकीको कारण, अरुलाई देखाउनको लागि कस्ता सम्म इच्छा जाग्छन् हामीमा एकपटक सोचौं त ? सबसे बडा रोग, क्या कहेंगे लोग भनेझैं अरुकै देखासिकी र अरुकै कारणले कस्ता कस्ता महत्वाकांक्षाले कस्ता सपनामा पु¥याएको हुन्छ हामीलाई ख्याल गरौं त ! जीवनभरको दौडधूप र आपाधापीपछि जीवनको अन्तिमक्षणमा आएर प्रत्येक व्यक्तिले एकपटक सोच्ने गर्दछ मैले के को लागि गरेको यो सब ? सब ब्यर्थ लाग्छ उसलाई जसले इच्छापूर्तिको निम्ती के सम्म,कस्ता कर्म सम्म गरेन ? अन्तिम समयमा भनेपनि ऊ जागेको हुन्छ । अब उसलाई सन्यस्त हुन मनलाग्छ । परमतत्वसँग जोडिन मनलाग्छ । सपनाबाट जाग्नु र होशपूर्ण रहने मार्ग अपनाउनु नै सन्यास लिनु हो । घरबार जोडेर जङ्गल निस्कनु सन्यास हो भनेर हामीले संसारमा बुझेको कुरामा कुनै सत्यता छै । सन्यास सपनाबाट जाग्नु हो घरबाट भाग्नु होइन । सन्यास आफ्ना हरेक कर्महरु, सम्बन्धहरु र आफ्नो आचरण अर्थात जीवनशैली प्रति होसपूर्ण रहनु हो । व्यक्तिले चाह्यो भने हरेक कर्म र परिस्थतिप्रति जागृत भएर सपनाका कुनै अवशेष बाँकी नरहने गरी समग्रताकासाथ जीवन बाँच्न सक्छ । प्रत्येक कर्मप्रतिको समग्रता, चित्तमा कुनै अधुरोपना बाँकी नरहोस् जुन पूरा गर्नको लागि फेरि सपना देख्नु परोस् । प्रत्येक काम गर्दा केवल काममा ध्यान जाओस् अन्यत्र होइन । यसको अभ्यासले व्यक्तिमा खानाको स्वाद, कर्मको आनन्द, निद्रामा गहनता सबै कर्मका परिणाम गुणवत्तामा परिणत हुन्छन् । कुनैपनि सकारात्मक कर्म, इच्छा र उद्देश्यलाई अपूर्ण नछोड्नु, पूरा हुन दिनु नै जागृत रहने कला हो ।
मनको फोहोर फ्याँके आफू भेटिन्छ
एकजना प्रख्यात ब्यापारीलाई ७५ वर्षको उमेरमा एक्कासी सन्यास दीक्षा लिने इच्छा जागेछ र गुरुकहाँ पुगेछन् । गुरुलेआश्चर्य मान्दै सोधेछन्–यो उमेरमा आएर तिमीलाई किन यस्तो भावना आयो ? ब्यापारीलेभने –गुरुजी जीवनभरको सपनाले मलाई जगाएको छ । अब म सन्यास लिएर जीवनलाई धन्य बनाउन चाहन्छु । जीवनको केहि समय भएपनि स्वाध्यायमा बिताउन चाहन्छु । गुरुलाई लागिरहेछ अझैं ब्यापारीको मन र विचार शुद्ध भैसकेको छैन । जीवनभरको कोडा कचेराले त्यतिनै स्थान लिइरहेकोछ । गुरुले तिमी यसपटक जाऊ, समय आएपछि म नै तिमीकहाँ आउनेछु भनेर पठाईदिए। करीव २ महिनापछि गुरु ब्यापारीकहाँ पुगे । गुरुलाई देखेर ब्यापारी दंग परे । मनमनै सोचे आज त गुरुले दीक्षा दिनुहुन्छ । गुरुले पहिले भिक्षा दानकोलागि ब्यापारीसँग अनुरोध गरे । गुरुको भिक्षा पात्रमा फोहोरमैला, कुहिएको खानेकुरा थियो । ब्यापारीले भने गुरु– म यो मिष्ठान्न हजुरको दुर्गन्धित भिक्षा पात्रमा कसरी दिन सक्छु । पहिले यसलाई सफा त गर्नुस् ।
गुरुले मुस्कुराउँदै जवाफ दिए– ‘ठीक भन्यौ, मैले पनि तिमी भित्र वर्षौंदेखि अझै बाकी रहेको लोभ, मोह, क्रोध, इर्ष्यारुपी दुर्गन्ध भरिएको मनलाई सफा नगरीकन, तिम्रो चित्तशुद्धि नभईकन कसरी दीक्षा दिउँ ? तिमीले पनि मनका अशुद्धिहरुलाई सफा गर। जब तिम्रो मन र विचार पवित्र भावनाले ओतप्रोत हुन थाल्दछ त्यसै दिन तिमी दीक्षित हुनेछौं । यो वोधकथा भित्र लुकेको सन्देशले जो सुकैलाई जागृत गराई स्वाध्यायमा प्रेरित गराउँदछ ।
एक विशुद्ध बोधो हम
राजा जनकलाई बार–बार आफैंमा एउटा प्रश्न जाग्थ्यो–म को हूँ ? धेरै सन्तहरुबाट उहाँले यो प्रश्नको जवाफ खोज्नुभयो तर कसैबाट चित्त बुझ्दो जवाफ पाउनु भएन । राज्य संचालन गर्दागर्दै पनि उहाँलाई यो म को हूँ को जवाफ कहाँबाट कसरी पाइएला, मैले मलाई नजानिकन जीवन समाप्त हुने होला कि भन्ने कुरामा चिन्तन गरिरहनुहुन्थ्यो । आफ्नो बारेमा धेरै जिज्ञासु हुनुहुन्थ्यो । यसकै लागि एकपटक राजा जनकले दरबारमा शास्त्रार्थ गर्न भनेर विद्वानहरूको भेला आयोजना गर्नुभयो । संवादमा धेरै पण्डितहरूले सकेनन् हार माने, कतिले बिचमै सभा छोडेर निस्के ।
राजा जनकले अस्टाबक्रको यो कुरालाई हृदयत मनन गरे । अस्टाबक्रले राजा जनकलाई सम्झाउछन – हे महाराज जनक ! यहि चैतन्य, शान्त, आनन्द रुप हो हजुर । शरीर, बुद्धि, मन होइन हजुर । एक विशुद्ध बोधो हमः केवल विशुद्ध बोध हो हजुर। निराकार चेतन हो हजुर। अन्त्यमा राजा जनक अस्टाबक्रको चरण परे ।
अस्टाबक्र जो ८ वर्षको बालक थिए र उनको शरीर ८ ठाउँमा बाङ्गिएको थियो । त्यसैले उनको नाम अस्टाबक्र रहेको हो । उनका पिताले शास्त्रार्थमा हारेको खबर फैलिएको सुने र दौडदै राजाको दरबारको ढोकामा पुगे । अनि ढोका खोलेर भित्र पसे । आठ ठाउँमा बाङ्गिएको तनिहरुका नजरमा कुरूप देखिने बालक भित्र पसेको देखेपछि सबै हाँस्न थाले । एकछिनसम्म हासो चल्यो । र सबै चुप भए । सबै चुप भएपछि अस्टाबक्र झन् बेस्सरी हाँस्न थाले । राजा जनक आस्चर्यमा परे र सोधे– तिमी चाही किन हाँसेको ?
चमारहरूको समूहमा सत्यको खोजी र बहस भैरहेको रहेछ त्यसैले हाँसेको अस्टाबक्रले जवाफ दिए । चमार ? हामी पण्डितहरुलाई छालाको व्यापार गर्ने चमार भनेर सम्बोधन गर्ने ? यसलाई हदैसम्मको कारवाही हुनुपर्छ भनेर पण्डितहरू उफ्रिन थाले । राजा जनकले अस्टाबक्रलाई सोधे– कुन आधारमा तिमीले यि पण्डित विद्वानहरूलाई चमार भनेको त ? अस्टाबक्रले भन्नुभयो–महाराज मैले जातको कुरा गरेको छैन । यिनीहरुको ज्ञान र चेतनाको स्तरको कुरा गरेको हूँ । यिनीहरु जातले उच्च भनिएर के गर्नु चेतनाको स्तर निम्न रहेछ । हेर्नुस् न यिनीहरू मेरो छालाको शरीर देखेर मुल्यांकन गरेका छन् । मेरो छालासंग आफूलाई तुलना गरेका छन् । म भित्रको चेतनाको स्तर यिनीहरूलाई के थाहा ? महाराज यिनीहरुलाई त थाहा भएन तर हजुरलाई समेत थाहा नभएको देखेर मलाई दुःख लाग्यो । राजा जनकले अस्टाबक्रको यो कुरालाई हृदयत मनन गरे । अस्टाबक्रले राजा जनकलाई सम्झाउछन– हे महाराज जनक ! यहि चैतन्य, शान्त, आनन्द रुप हो हजुर । शरीर, बुद्धि, मन होइन हजुर । एक विशुद्ध बोधो हमः केवल विशुद्ध बोध हो हजुर निराकार चेतन हो हजुर । अन्त्यमा राजा जनक अस्टाबक्रको चरण परे ।
साभार थाहा खबरबाट….









