
प्रकृतिको अनुपम उपहार वा वरदान पाएको हिमाली जिल्ला मध्येको डोल्पा जिल्ला पनि एक विकटताको उपमा पाएको प्राकृतिक रुपमा सौन्दर्यताले भरीपुर्ण जिल्ला हो । उत्तर चिनसँगको सिमानासँग जोडीएको उक्त जिल्ला संघीयताको संरचना अनुसार २ नगरपालिका ठुलीभरी र त्रिपुरासुन्दरी साथै ६ गाउँपालिकाहरु जगदुल्ला, मुड्केचुला, काइके, छार्काताङसोङ, डोल्पोबुद्ध र से–फोक्सुण्डो रहेका छन । जगदुल्ला र मुड्केचुला एक पायक पर्ने पालिका हुन भने ठुलीभेरी, त्रिपुरासुन्दरी नगरपालिका र काइके गाउँपालिका भौगोलिक अबस्थितिका आधारमा अर्को पायक पर्ने पालिकाहरु ह्ुन जुन क्षेत्रलाई तल्लो डोल्पा भनेर चिन्न सकिन्छ । जहाँको जनजीवन अलि सहज र सरल छ । छार्काताङसोङ, डोल्पोबुद्ध र से–फोक्सुण्डो गाउँपालिकाहरु रहेको विकट तर हिमाल र पहाडले घेरीएको चट्टानी मनोरम दृश्यावलोकन र मनोरञ्जन प्राप्त गर्न सकिने माथिल्लो चिनसँग जोडीएको क्षेत्र माथिल्लो डोल्पा वा भोट क्षेत्र हो । यो क्षेत्र विकटताको चरम चुलीमा स्वर्गको अनुभूति गर्न सकिन्छ । माथिल्लो डोल्पा भित्रको एक पालिका डोल्पोबुद्ध गाउँपालिका हो । सदरमुकाम दुनै बाटको ३ दिनको पैदल यात्रामा पुगीन्छ धो तराप । काइके गाउँपालिकाको तेर्सो बाटो भेरी नदीको किनार लासीक्याप हुदै माथिल्लो डोल्पाको तराप खोलालाई पछ्याउदै उकाली घन घश्याको उकालो सम्झीदै, तराप खोलाको कीनार, चट्टानी पहराहरुलाई छीचोल्दै, साघुरो बाटोका घुम्तीहरु मोड्दै, कलकल खोलाको सुसेलीको मन्द आवाज र क्षेण क्षेणको घोडा–खच्चडको डाङडुङ आवाजका साथ घाम, पानी, कठाङग्रीलो जाडो नभनी अनवरतको यात्रा, भोक, तीर्खा र थकाइको महसुस नगरी तोकीएको गन्तब्यमा पैदल भिर, पाखा र नदिसँगको सामिप्यतासंगै जोखीमलाई मोल्दै, सचेत र चलाखीपनका साथ नावरपानी, सिशौर हुँदै धो तराप पुगीन्छ । सिशौर देखी धो तरापसम्मको यात्राको क्षेण फेरी फरक छ, चाइनीज मोटरबाइकमा सरररर आधा घण्टामा नाहुर र चौरी गाइका बथानहरु पार गर्दै धो पुगीन्छ, जहाँ सिशौर सम्मको कठिनपूर्ण उकाली, तेर्सो बाटोको यात्रालाई सहजै विर्साई स्वर्गीय आनन्दका साथ समथर भागमा पुगीन्छ, त्यही सुन्दर अनि मनोरम ठाउँ हो डोल्पोबुद्ध गाउँपालिका वडा नं. १ मा अबस्थित बस्ती धो तराप । चाइनासँगको सिमानामा जोडीएकाले चाइनीज मोटरबाइक निर्धक्क रुपमा संचालनमा छन । बाहिरबाछ आउने पर्यटक तथा नव आगन्तुका लागि भाडामा सहजै घुम्न पाइन्छ । धो तराप देखि चाइनाको सिमाना सम्म मोटरवाइकमा १ दिनमा पुग्न सकिने उक्त ठाउँ चाइनासंगको नाका खुला हुन सके विश्वकै नमुना पर्यटकीय गन्तब्य हुन सक्ने ठाउँ रहेको नकार्न सकिदैन ।
चारैतिरबाट हिमाल र हिम शिखरले घेरीएको, बुट्यानहरु नभएको खाली नाङगा र फुर्सा चट्टानी पखेराहरुमा अबस्थित दुई खोलाको संगम स्थानमा रहेको क्षेत्र हो । छिन–छीनमा मौषम परिवर्तन हुन सक्ने तथा सधै दिनको १२ बजे पछि वेजोडले हावा चल्ने यहाँको उर्को विशेषता हो । विद्याहनै सुयास्थ हुदा मौषम अनुकुल छ भने स्वर्गत्व प्राप्त गरेको अनुभूति हुने उक्त ठाउँबाट चंचल मनोरम डाँडा माथिको नीलो आकाशसंगको सम्बन्धले मानिसको मन छुन्छ अनि मन्ले भन्छ, यही रहेछ मानव जातीको पून्य स्वर्गत्व प्राप्त गर्ने ठाउँ । निश्छल बगेको खोला अनि किनारहरुमा चरीरहेका चौरीका बथान हरुले खोला वारपार गर्दाको रमणीयपन अनि घोडा, खच्चडहरुको सवार तथा मालसामान वोकी हिडीरहेको वथानको लाइन मौषम अनुसार फरक देख्न पाइन्छ । बनजंगल विहिन उक्त ठाउँ करीव ४१ सय मिटरको उचाइमा रहेको छ । भोटे जातीहरुको बसोवास भएको उक्त ठाउँ विश्वको अग्लो ठाउमा खेतीपाती गरेर बसेको मानव बस्ती रहेको ठाउँ हो । हावापनीको दृष्टिकोणले अति चिसो हुने ठाउँ, सुख्खा रहने तथा उच्च भाग भएकाले स्वास प्रश्वासमा अलि समस्या देखिन्छ । उक्त समस्या समाधानका लागि अदुवा, बेसार, लसुन, खुर्सानी र नुन मिसिएको धुलो वा तातोपनीमा मिसायर झोलीलो पदार्थ बढी पीउदा वा खादा वा जडी बुटीजन्य चिया र भोटे चिया पीउदा बढी फाइदा पु¥याउने जेष्ठ नागरिकहरुको भनाई छ । यहाँको रहन, सहन चाल, चलन आफ्नै खालको छ । तिब्बत सँगको सम्बन्धका कारणले तीबेतीयन भाषा शैलीसँग मेल खान्छ । यहाँको मुख्य भाषा, भोटे र तिबेतीयन हो भने विश्व ब्यापीकरणका कारणले नेपाली भाषा पनि स्पष्ट रुपमा बोल्ने गरीन्छ । आफ्नै सामाजिक संस्कारमा रमाएका उक्त जातीहरुको सम्बन्ध अरु जातीहरु सँग पटक्कै हुदैन र उनीहरु बौद्ध धर्मका अनुयायी हुन । सामाजिक एकता र सहिष्णुतामा विश्वस्थ उनीहरु त्यहाँ पानी जनावर नावरलाई भगवानको रुपमा मानी संरक्षण गर्ने तथा त्यसको चोरी सीकारीलाई नीरुत्साहीत गरेको पाइन्छ । उनीहरु बौद्ध गुम्वामा गई पूजा आजा गर्ने गर्दछन । खेतीपातीको रुपमा मुख्य उवा र आलु नै हो । वर्षको एक मात्र खेती हुने उक्त ठाउँमा कार्तिकमा लगाएको उवा भाद्र अन्तिम तिर वा आश्विनको पहिलो हप्ता स्याहार्ने गर्दछन । फाल्गुन–चैत्रमा लगाएको आलु मुख्य तरकारीको रुपमा पाउन सकिन्छ भने अलि–अलि चोतो पनि हुने गर्दछ । त्यहाँ बसोबास गर्ने मानिसहरु चिसोका कारणले बढी पीरो खुसानीको अचार खाने गर्दछन । फलफुलका रुपमा हिमाली चुत्रा र चुकीली सानो झारका रुपमा सामान्य पाउन सकिन्छ । अरु त्यहाँको आर्थिक ब्यवसाय भनेको पाटनमा चौरी र भेडा, च्याङग्रा नै हो भने अर्को महत्वपूर्ण आय स्रोत जेष्ठ–अषाढमा संकलन गर्ने यार्सा गुम्वा बहुमुल्य जडीबुटी नै । यहाँको शिक्षा पछिल्लो समयमा स्तरोउन्न्त हुदै गएको छ । गुणस्तरीय शिक्षा पाउने अधिकारको सुनिश्चितता रहेको छ । विद्यालय बाहिर न्यून बच्चाहरु रहेका छन । अधिकांक्ष बालबालिकाहरु सर्बशुलभ शिक्षाको पहुँचमा रहेका छन । भोट क्षेत्रकै सुविधा सम्पन्न श्री क्रिष्टल माउन्टेन माद्यामिक विद्यालय लाई स्तरोउन्नत गर्दै प्राविधिक शिक्षा तथा जीवन उपयोग सीप युक्त आधुनीक सेवा सुविधाले सम्पन्न बनाउन विभिन्न दातृ निकाय तथा लामाहरुले सहयोग गरी आवासीय उत्पादन मुलक विद्यालय वनाउने अभ्यासमा विद्यार्थी, अभिभावक, शिक्षक र जनप्रतिनिधिहरु को ध्याक केन्द्रित भई निकट भविष्यमै यो क्षेत्रका बालबालिकाहरुलाई उच्चा शिक्षा आर्जन गर्ने ठाउँको रुपमा विकास गर्ने योजना छ । आन्तरीक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनाउनका लागि भोट देखि दुनै सदरमुकाम सम्मको यातायातको पहूँच अभिबृद्धि गर्न बाटो खोल्ने वा बैकल्पीक सहज यातायातको विकास गर्न पालिका, प्रदेश र संघीय सरकारसँग सहयोग र समन्वयका लागि पहल कदमी अगाडी बढीरहेको छ । साच्चिकै धो तराप क्षेत्र यातायातको सहज पहुचमा रहने सके, चाइनासँगको सिमाना नीरन्तर खोल्न सके, मनाङ र मुस्ताङलाई यातायातसंग जोडन सकेमा आन्तरीक तथा बाह्य पर्यटन प्रर्बद्धन मार्फत विश्वकै नमुना ठाउँ र गन्तब्य वनाउन सकिन्छ । जसका कारणले गर्दा बहु मुल्य जडीवुटीहरु उत्पादन तथा चौरी, भेडा, च्याङग्रा लगायतको ब्यवसायबाट ब्यक्ति, पालिका, जिल्ला आर्थिक सम्बृद्धिको बाटोमा लम्की समग्र कुल ग्रास्थ उत्पादनमा बृद्धि गरी राष्ट्रिय आम्दीको स्रोत बढाउन महत्वपूर्ण टेवा पुग्ने कुरामा दुई मत नै छैन ।
भगवतीमाई गाउँपालिका ७ खोर, दैलेख
सामाजिक अभियान्ता ।









