मुलुकको लागि आगामी वर्ष निर्वाचनमय हुने निश्चित छ । संघीय संसद, प्रदेश सभा र स्थानीय तहका निर्वाचनहरू हुँदैछनर । आवधिक निर्वाचनलाई लोकतन्त्रको प्राणवायु मानिन्छ । निर्वाचनमा नागरिकले बालिग मताधिकारको प्रयोग गरी आफ्नो विचारको प्रतिनिधित्व गर्दछनर । बहुमत पाउने दललाई शासन गर्ने अख्तियारी प्राप्त हुन्छ । अल्पमतले प्रतिपक्षमा रही बहुमतको सरकारलाई निरन्तर खबरदारी गर्दछ । आम निर्वाचनमा राजनीतिक दलले बहुमत ल्याई शासन गर्नु मात्र लोकतन्त्र होइन । लोकतन्त्र त जीवन पद्धतिसँग जोडिएको छ । राजनीतिक दल बाहेक सामाजिक संघ÷संस्था, गैरसरकारी संस्था, सहकारी, निजी क्षेत्रका व्यावसायिक संगठनहरूदेखि ट्रेड युनियनसम्मका निर्वाचनमा नीति र नेतृत्व छनौट कसरी हुन्छ भन्ने विषय पनि लोकतन्त्रको आयामले समावेश गर्दछ । यति मात्र नभई लोकतन्त्र त यति बृहतर छ कि हरेक व्यक्तिको विचार, उसको सहनशीलता, अरूप्रतिको सम्मान, फरक विचार राख्नेप्रति देखाउने व्यवहार र व्यक्तिगत आचारसम्मलाई लोकतन्त्रले समावेश गर्दछ । कुनै व्यक्तिले अरूको विचार सुन्नै चाहँदैन भने त्यो व्यक्ति लोकतान्त्रिक नभएको बुझिन्छ । लोकतन्त्रको सफलताको लागि नीति र नेतृत्व छनौट गर्ने स्वच्छ, निष्पक्ष र भयरहित पद्धतिको जति महत्व छ, त्यति नै महत्व हरेक मतदाताले प्रत्येक भोटको मर्म बुझ्नुमा छ । कुनै पनि एक भोट हाल्नुको अर्थ मेरो विचार र भावनाको प्रतिनिधित्व त्यो व्यक्ति वा दलले गर्दछ, उसले गरेका निर्णयमा मेरो सहमति छ भनी सहीछाप गर्नु हो । भोटले नै शासन गर्ने वा सत्ता चलाउने अधिकार प्रदान गर्दछ । शासकीय शक्तिको स्रोत नै मतहरूको योगफल हो । तर मतदाताले प्रत्यायोजन गरेको अधिकारले शासन सञ्चालन गर्ने ठाउँमा पुग्ने व्यक्ति किन जिम्मेवार र उत्तरदायी बन्न सक्दैननर ? किन निर्वाचित व्यक्ति शासक जस्तो र त्यो सार्वभौम अधिकार प्राप्त मतदाता शासितजस्तो हुन्छ ? यी गम्भीर बहसका विषय हुनर । जहाँ मतदाता कमजोर हुन्छनर, त्यहाँ नेतृत्व स्वेच्छाचारी हुन्छ । निर्वाचनमा हरेक मतदाताले उम्मेदवारलाई उसको दृष्टिकोण र कार्ययोजना माग गर्ने र निरन्तर सो उपर निगरानी राख्ने सामर्थरय विकास गर्न जरूरी छ । तर हाम्रो देशमा भनसुनका आधारमा काम हुन्छ । पदमा हुने व्यक्तिसँग नै काम गराउने शक्ति हुन्छ । पद्धतिले काम गर्दो हो त हरेक व्यक्ति बराबर हुनेथिए । अनि नेता बलियो र मतदाता कमजोर हुने विडम्बना रहने थिएन । कतिपय नागरिकले मेरो एक भोटको के महत्व छ र ? मैले भोट नहालेर के फरक पर्दछ ? भन्ने जस्ता अभिव्यक्ति दिने गरेको पाइन्छ । एक भोटले नै निर्वाचनमा हारजित भएका थुप्रै उदाहरण छनर ।
जहाँ मतदाता कमजोर हुन्छनर, त्यहाँ नेतृत्व स्वेच्छाचारी हुन्छ । निर्वाचनमा हरेक मतदाताले उम्मेदवारलाई उसको दृष्टिकोण र कार्ययोजना माग गर्ने र निरन्तर सो उपर निगरानी राख्ने सामर्थरय विकास गर्न जरूरी छ । यही माघ महिनामा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत १ नम्बर प्रदेशमा नेपाली काङ्गेसका उम्मेदवार गोपाल बस्नेत र नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार गुरूप्रसाद बरालको बराबरी मत आएपछि काँग्रेस उम्मेदवार गोपाल बस्नेत गोलाप्रथाबाट विजयी भएका छनर । त्यसैगरी २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सल्यानको ढोरचौर गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका दिनेश बिएम र एमालेका देवेन्द्र रोकाले बराबरी अर्थातर ३२१ मत प्राप्त गरे । दोहो¥याएर मतगणना गर्दा पनि मत बराबरी नै आएपछि गोलाप्रथाबाट टुङ्गो लगाइयो । गोलाप्रथामा कांग्रेसका दिनेशले बाजी मारे । यी केही प्रतिनिधिमूलक उदाहरण मात्र हुनर । यी निर्वाचनमा अर्को उम्मेदवारले एक भोट मात्र बढी प्राप्त गरेको भए ऊ निर्वाचित हुन्थ्यो । अब निर्वाचनमा उम्मेदवारको मनोदशाको चर्चा गरौं । अमेरिकाजस्तो विकसित भनिएको देशको राष्ट्रपतीय निर्वाचनलाई नियालेर हे¥यौं भने उम्मेदवारहरू एकअर्कालाई तल्लोस्तरमा गिरेर नै गाली गलौजमा उत्रिएको देखिन्छ । हाम्रो देशमा पनि उम्मेदवारहरू विपक्षी उम्मेदवारको दोष ओकलेर आफू राम्रो बन्न खोज्दछनर । मुलुकलाई स्वर्ग नै बनाइदिने योजनाविहीन सपना बाँडरदछनर । जे जस्तो व्यवहार प्रदर्शन गरे तापनि यथार्थ के हो भने हरेक उम्मेदवार जित्नैपर्ने बाध्यतामा हुन्छ । निर्वाचनमा जे बोल्दा प्रतिस्पर्धीलाई कमजोर बनाउन सकिन्छ भन्ने उसलाई लाग्दछ, ऊ त्यही बोल्दछ । जे आश्वासन दिंदा मतदाता प्रफुल्लित हुन्छनर, त्यही आश्वासन दिइन्छ । थोरै मात्र जिम्मेवार व्यक्तिहरू भविष्यका आफ्ना जिम्मेवारी प्रति सचेत रही कार्यान्वयनयोग्य सपना मात्र बाँडरने गर्दछनर । विश्वका परिपक्व लोकतान्त्रिक अभ्यास भएका डेनमार्कजस्ता मुलुकमा राजनीतिक दलले नै स्वच्छ निर्वाचन व्यवस्थापन गरी मतपरिणाम सम्बन्धित सरकारी निकायलाई प्रदान गर्दछनर । त्यहाँ निर्वाचनमा सेना र प्रहरीको परिचालन गर्नुपर्ने आवश्यकता नै छैन । तर नेपालका निर्वाचनको चर्चा परिचर्चा ग¥यो भने यसको स्वच्छता माथि नै प्रश्नचिन्ह खडा हुने गर्दछ ।
केही दिन अगाडि एक टेलिभिजन कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त एवमर निर्वाचनविदर नीलकण्ठ उप्रेतीले २०६४ सालको आम निर्वाचनमा सिन्धुपाल्चोकको एउटा मतदान केन्द्रमा मतदाताको उपस्थिति नै नभइकन दुईवटा पार्टीले मत बाँडेर शतप्रतिशत मतदान गराएको बताए । त्यसैगरी कुनै मतदान केन्द्रमा मतदाताको शतप्रतिशतकै हाराहारी मत खसेको र सबै मत एउटै चुनाव चिन्हमा खसेको बताए । यसरी मतदाताको स्वतन्त्र विचारलाई नियोजित ढंगले नियन्त्रण गर्ने मात्र होइन, नक्कली मतदान नै गर्नेतर्फ दलहरू अग्रसर देखिन्छनर । परिपूर्ण लोकतन्त्रको बहस गरिरहँदा विदेशमा रहेको ठूलो हिस्सा नागरिक मतदान गर्नबाट वञ्चित छ । निर्वाचनमा नो भोट अर्थातर राइट टु रिजेक्टको व्यवस्था नहुँदा मतदाताले कमसलमध्ये कम कमसल उम्मेदवारलाई छनौट गर्न बाध्य भएका छनर । एकातिर मतदाताको स्वतन्त्र मत राख्ने अधिकारलाई कुण्ठित गर्ने प्रयास हुन्छ भने अर्कोतिर निर्वाचन महँगा हुँदै गएका छनर । निर्वाचनमा ‘मनी’ र ‘मसल’को प्रयोग हुन थालेको छ । उम्मेदवार छनौटदेखि भोट गणनासम्म नियन्त्रण र शक्तिको अभ्यास गर्ने प्रयास हुन्छ । राजनीतिक दलहरूले निर्वाचनमा गर्ने क्रियाकलाप लाई अन्य सामाजिक संघसंस्थामा समेत अभ्यास गर्न थालिएको छ । यावतर कारणले निर्वाचन दूषित हुँदा लोकतन्त्र कमजोर भएको अवस्था छ ।
निर्वाचनमा बढीभन्दा बढी प्रतिशत मत खस्यो भने लोकतन्त्रले परिपक्वता हासिल गरेको मानिन्छ । तर त्यो परिमाणात्मक विषय मात्र भयो । लोकतन्त्र सफल हुनको लागि त हरेक मतदाता जागरूक हुन जरूरी छ । प्रत्येक उम्मेदवारको विचार, योग्यता र क्षमता औंल्याउन सक्नुपर्दछ । निर्वाचनको सम्मुखमा आवेगमा भनेका विषयलाई भन्दा उसका विगतका क्रियाकलापलाई नियाल्नु पर्दछ । उम्मेदवारको वर्तमानलाई विगतका क्रियाकलापले समर्थन ग¥यो भने मात्र पत्यार मान्ने ठाउँ हुन्छ । मतदाता सचेत नभइकन परिपक्व लोकतन्त्रको अभ्यास हुन सक्दैन । मतदाताको हरेक भोटले उसको भविष्य बोकेको हुन्छ । भोटले समाज वा संस्थाको उन्नति र अवन्नतिको बाटो निर्धारण गर्दछ । यस्तो गहन विषयलाई हलुका लिंदा राष्ट्र, समाज र संस्थाको नेतृत्वमा असल व्यक्ति पुग्न सक्दैननर । नीति राम्रो बन्न सक्दैन । बनेका नीतिको कार्यान्वयन हुन सक्दैन । विधि र थिति कमजोर बन्दछ । हरेक नागरिकले आफ्नो मनको नेतृत्व गर्न सक्ने नेतालाई मत दिने सामर्थरय राख्ने हो भने देशको कायाकल्प भइसक्थ्यो । संस्थाहरू सबल बन्थे । उत्कृष्टताको लागि प्रतिस्पर्धा हुन्थ्यो । तसर्थ, मतदाताहरू सचेत बन्दै तपाईंको प्रत्येक भोटप्रति न्याय गर्नुसर, ताकि त्यो एक भोट आफ्नो अन्तरात्माको आवाज होसर ।
(लेखक आन्तरिक राजस्व विभागका शाखा अधिकृत हुनर ।)









