इटालीका डाक्टरले यस्तो विपत् कहिल्यै देखेका थिएनन्

सम्भवतः नियन्त्रणका लागि लिइएका कदमले काम गर्नेछन्, तर अहिले भने हामी गम्भीर विपतमा फसेका छौँ
इटालीका चिकित्सकमध्ये कसैले पनि विगतमा यस्तो विपद् सामना गरेका थिएनौँ । हामीले सडक दुर्घटना, रेल दुर्घटना र भूकम्पको समयमा आफ्नो काम–कर्तव्य कुशलताका साथ निभाएका छौँ । तर, भाइरसले यति धेरै मानिसको ज्यान लिइसक्यो कि यो नियन्त्रण हुनुको साटो दिन दुईगुना रात चौगुनाका हिसाबले विस्तार भइरहेको छ । हामी सधैँ प्रकोपलाई हामीभन्दा टाढा अन्तै, विश्वको अर्कै भू–भागमा घट्ने विपद्को रूपमा सोच्छौँ । तर, यसपटक यसले हामीलाई नै छोप्यो र यसले हाम्रा प्रियजन, छिमेकी, साथीहरूलाई प्रभावित बनायोरु। म मिलानस्थित पोलिक्लिनिकको सान डोनाटोको एक एनेस्थेसियाविद् हुँ ।


यो भाग इटालीको कोरोना भाइरस प्रकोपको केन्द्र लोम्बार्डी क्षेत्रमा पर्छ । इटालीमा कोरोना भाइरसको पहिलो बिरामी फेब्रुअरी २१ मा पहिचान भएको हो । त्यही वेला नै मुटु शल्यक्रियाका लागि विशेषज्ञता हासिल गरेको हाम्रो अस्पतालले कोभिड–१९ का बिरामीलाई सहयोग गर्ने प्रस्ताव गयो । अन्य अस्पतालसँग मिलेर हामीले ‘रेडजोन’का अस्पताल पठाउने ‘इन्टेन्सिभ चिकित्सक’को कार्यदल पनि बनायौँ । म्पूर्ण पूर्वनिर्धारित शल्यक्रिया पर सारियो र इन्टेन्सिभ केयरका बेडहरू कोरोना भाइरसका बिरामीको उपचारका लागि दिइयो ।
२४ घन्टाभित्र म काम गर्ने अस्पतालले
शल्यक्रिया कक्ष र एनेस्थेसिया कक्षलाई नयाँ इन्टेन्सिभ केयरमा रूपान्तरण ग¥यो । थप ४० बेड भाइरस संक्रमणको आशंका भएका वा संक्रमित भएका तर गम्भीर अवस्थामा नरहेकाका लागि छुट्याइयो । तर, यसबीच संक्रमितको संख्या तीव्र रूपमा फैलँदै गयो । मंगलबारसम्म इटालीमा ३१ हजार पाँच सय ६ बिरामी थिए, जसमा २९ सय ४१ भाइरसमुक्त भए भने २५ सय तीनको ज्यान गयो । त्यस दिन इटालीको सबैभन्दा प्रभावित लोम्बार्डी क्षेत्रमा मात्रै १६ हजार दुई सय २० संक्रमित थिए, जसमध्ये १६ सय ४० को मत्यु भयो र आठ सय ७९ इन्टेन्सिभ केयरमा थिए ।
मंगलबारसम्म त्यस क्षेत्रबाट २४ सय ८५ भाइरसमुक्त भएका थिए । संक्रमितको यति ठूलो संख्यालाई हेर्दा, देशको स्वास्थ्य प्रणालीले धान्न नसकेर धराशयी हुने पो हो कि भन्ने डर उब्जिएको छ । बिरामीको अत्यधिक चापले चिकित्सकीय स्रोतमाथि अत्यधिक दबाब सिर्जना भएको छ । उत्तरी इटालीका लोम्बार्डी, भेनेतो, इमिलिया–रोमाग्ना र मार्चमा स्वास्थ्य सेवा प्रणाली ठूलो दबाबमा छन् । चिकित्सकीय कर्मचारीमाथि अत्यधिक कामको चाप परेको छ ।
संक्रमितको ठूलो संख्यालाई मध्यनजर गर्दा इटालीको स्वास्थ्य प्रणालीले धान्न नसकेर धराशयी हुने पो हो कि भन्ने डर उब्जिएको छ ।
भाइरस फैलिरहँदा अन्य क्षेत्रको पनि यही अवस्था देखिन सक्छ । सौभाग्यवश ! लोम्बार्डी सरकार र केन्द्रीय सरकारले १० दिनअघि आक्रामक नियन्त्रणात्मक कदम उठायो । यो हप्ताको अन्त्यसम्म सरकारी कदमको १५ दिन पुग्दै छ । भाइरसको इन्कुबेसन अवधि मानिने यस अवधिमा सरकारी कदम प्रभावकारी भए–नभएको मूल्यांकन हुनेछ । त्यसपछि मात्र भाइरसको विस्तारमा केही कमी आउन सक्छ । तर, त्यसअघि त्यस्तो कुनै सम्भावना छैन ।
बाहिरतिर चिकित्सकमाथि बिरामीलाई छुट्याएर उपचार गर्न दबाब दिइएको हल्ला चलेको छ । तर, मेरो अनुभवमा त्यस्तो देखिँदैन । मेरो अस्पतालमा आवश्यक परेका सबैलाई उपचार गरिएको छ । तर, प्रकोप लामो समय लम्बिएमा हालको अवस्था अन्त्य हुन सक्छ । संक्रमितको संख्यामा ह्रास आएन भने स्रोत साधनले धान्न सक्दैन । त्यो अवस्थामा बढी बाँच्ने सम्भावना भएका बिरामीमा केन्द्रित हुने खालको चिकित्सकीय अभ्यास लागू हुन सक्छ ।
पोलिक्लिनिकमा काम गर्ने मेरा सहकर्मीले ठूलो त्यागको प्रदर्शन गरिरहेका छन । अहिलेको अवस्थामा सबैभन्दा काम लाग्ने पेसा चिकित्सकको हो भन्ने बोधले हामी आफ्नो थकान र तनाव सहिरहेका छौँ । यस्तो सहनशक्ति कति समयसम्म रहला, म भन्न सक्दिनँ । केही सहकर्मी आफैँ नै कोरोना भाइरसबाट संक्रमित भएका छन् र तिनलाई इन्टेन्सिभ केयरमा राखेर उपचार गरिँदै छ ।
हामी जोखिममाझ काम गरिररहेका छौँ । शल्यक्रियामा आइपर्ने आपत्कालमा संलग्न हुने एनेस्थेसियोलोजिस्टका हिसाबमा म आफैँले कोरोना भाइरसका बिरामीको उपचारमा धेरै त प्रत्यक्ष संलग्न हुनुपरेको छैन । तर, एक बिरामीको उपचारमा त्यस्तो अवसर आएको थियो । कमजोर स्वास्थ्य अवस्थामा रहेका एक वृद्धको ट्युमर शल्यक्रिया गर्नुपर्ने थियो । शल्यक्रिया स्वाभाविक रूपमा सम्पन्न भयोरु। मैले उनलाई एनेस्थेसिया दिएकाले उनी चार घन्टापछि कुनै पीडाविना उठे । यो मध्यफेब्रुअरीको कुरा हो ।
एक हप्तापछि ती वृद्धमा कोरोना भाइरसका लक्षणमध्ये उच्च ज्वरो, खोकी सुरु भयो । त्यसको केही पछि निमोनिया भयो । अहिले उनी इन्टेन्सिभ निरीक्षणमा अन्त्यन्त नाजुक अवस्थामा छन् । ती वृद्ध पनि ती धेरै मानिसको समूहमा जोडिएका छन्, जो नामबाट बिरामीको संख्यामा बदलिइरहेका छन । अहिले प्रकोप अन्त्यको सुरुवात होस् भनेर आशा मात्र गर्न सक्छौँ । तर, यथार्थमा त्यो तब मात्र सुरु हुन्छ, जब संक्रमणमा कमी आउन थाल्छ ।
सरकारका नियन्त्रणात्मक कदमप्रतिको जनताको शान्त समर्थन, गम्भीर अवस्थामा पुगेका बिरामीको उपचारबाट हासिल हुने अनुभव र नयाँ उपचार विधिका हल्ला आशा बढाउने विषय हुन । सम्भवतः नियन्त्रणका लागि लिइएका कदमले काम गर्नेछन् । तर, अहिले भने हामी गम्भीर विपत्मा फसेका छौँ भन्नेमा कुनै शंका छैन ।
(मार्को इटालीको मिलानस्थित पोलिक्लिनिक सान डोनाटोका एनेस्थेसियोलोजिस्ट हुन ।) नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार