प्रकृतिको प्रतिकार

            कुशल कुमार थापा

तिम्रा ती विज्ञानका परिभाषाहरुमा

तिम्रा ती धर्मग्रन्थका विचारहरुमा

तिम्रो र मेरो जन्मको समय दुविधा होला

तर पनि तिम्रो र मेरो जन्म एक अर्काको परिपुरक थियो

एउटा पारस्थितिक श्रृङ्खला थियो।।।

 

तिम्रा गासवाँस कपासहरुमा

अनावश्यक विकासका नाशहरुमा

शक्तिका विभिन्न आडम्बरहरुमा

प्रक्षेपणका विभिन्न नाटकहरुमा

मेरो अस्तित्वमाथि

सधै हमला गरिरह्यौ

केवल मानव तिमीले।।।

 

मेरा सुन्दर हिम श्रृङ्खलाहरुमा

मेरा सुगन्धित प्राकृतिक छटाहरुमा

कुना कन्दरा सुसेली लटाहरुमा

तिमीले विनाशकारी हमला गरेर

धमिलो लेप लगाई दियौ

मेरो रुप रंगहरुमा

कुरुपताको अमिट दाग लगाई दियौ

मानव तिमीले

केवल मानव तिमीले।।।

 

मेरो शान्त, सौम्य, शालिनताहरुमा

मेरा चौतारी भन्ज्याङहरुमा

मैले नाच्ने आगनहरुमा

मैले रम्ने रंगिन बारीहरुमा

मैले हिड्ने आलिहरुमा

तिमीले बह्मलुट बर्साईरह्यौ

मानव तिमीले

केबल मानव तिमीले।।।

 

तिम्रा ती अति अत्याचारहरुले

कहिले अतिवृष्टि, अनावृष्टी र खण्डवृष्टिसँगै

कहिले रोग, भोग र सोक हरुसँगै

हावा हुरी चट्याङ्ग बनेर

कम्प, पराकम्प र छाल बनेर

बाढी पहिरो भेलसँगै

विविध प्राकृतिक विपती वनेर

तिम्रा कु कृत्यहरुलाई प्रतिकार गर्न

मलाई निम्तो गरिरहन्छौ

मानव तिमी

केवल मानव तिमी।।।

 

आज तिमीलाई नजरबन्द भित्र राखेर

म खुशिको अनुपम उन्मादमा छ्

मैले सुशेलि हाल्ने डाडापाखाहरु

भरिपूर्ण ऋतुहरुका काखहरु

मेरा चौतारी अनि मझेरीहरु

नाच्दै हिड्ने वयली र सहेलीहरु

सन्ध्यासँगै विहानीहरु

निस्फीक्री स्वत्न्त्र भएर रमेका छन

 

तिम्रा सिमा, सम्पती, शक्ति  सताका लडाईहरु

मोज, भोज र भत्ताका बढाईहरु

पूर्णता सफलता प्राप्तिका मातहरु

विलासीका अतृप्त आशहरु

सवै एकातिर थन्काएर

केवल एक मुठि सासको लागि

लुकिरहेका छौ हैन

मानव तिमी

केवल मानव तिमी।।।

 

विज्ञानका तिम्रा चमत्कारहरुमा

मेरो अस्तित्व मेटाएर पनि

एक्लो विजेता बन्छु भन्ने तिमी

तिम्रो विज्ञान हारेर खुच्चीङ भयौ हैन

अन्वेषक र आविष्कारले

लडाई जित्ने तिम्रो घमण्ड

एक कायर शत्रु बनेर हार्यौ हैन

आफैले आफैलाई हरायर

यो रणभूमी र कुरुक्षेत्रमा

हारेर शिथिल भयौ हैन

मानव तिमी

केवल मानव तिमी।।।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार