
सम्पत्ति पाउने लोभमा बटुवा सन्तको आश्रममा पुगे । त्यतिखेर सन्त ध्यानमा लीन थिए । बटुवाले भन्नु नभन्नु भनेर सन्तको अपमान गरे । तर, सन्तले वास्तै गरेनन् । उनी ध्यानमै मग्न भए । बटुवा झन्झन् चर्कीचर्की सन्तलाई गाली गर्न थाले । एकछिनपछि सन्तले आँखा खोले र मुसुक्क मुस्कुराउँदै भने– बन्धु, तपाईं भोकाउनुभएको होला, आश्रमको भान्छामा गएर पेटभरि खाना खाएर मात्र जानुस है । त्यसपछि वटुवाले पेटभरी खान पाएपछि सन्त सङ्ग माफी माग्दै प्रायश्चित गरेर हिड्यो । हो यसैगरी सन्तरुपी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यो सरकारलाई पनि अहिले यसरी नै अपमान गर्न खोजिएको छ ।
अहिले मुलुक बन्दाबन्दी अर्थात लकडाउनमा छ । कोरोना भाइरासको संक्रमणबाट जोगाउन, फैलन नदिन र नियन्त्रण गर्न सरकार योजना, तयारी र रणनीतिका साथ अघि बढेको छ । यसै सन्दर्भमा सरकारले कोरोना भाइरस अर्थात कोभिड–१९ को विश्वव्यापी महामारीसँग जुध्न गरेको देश लकडाउन अहिले चौंथो सातामा पुगेको छ । त्यति नै समयदेखि अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द गरिएका छन । र, लकडाउनले १५ वैशाखसम्मलाई निरन्तरता पाएको छ । बाह्य आवागमन निषेध र देशभित्रको आवागमनमा कडाइ गरिए पनि परीक्षणको दायरा बढाइएसँगै संक्रमितहरूको संख्या पनि बढ्दै गएको देखिँदैछ । आम नागरिक त्रसित छन, आक्रान्त पनि । पूर्वदेखि पश्चिमसम्म, पहाडदेखि तराईसम्म र दूरदराजदेखि काठमाडौं उपत्यकासम्म संक्रमणको उच्च जोखिममा छ ।
यसबेला कोराना भाइरसको कारण सिङ्गै विश्वनै आक्रान्त छ । हाम्रो छिमेकी देश भारतमा पनि यसको फैलावट तीब्र देखिएको छ । यसबाट नेपालमा झन जोखिम बढने देखिएको छ । खुला सिमाको कारण नेपाल उच्च जोखिममा रहेको बताईरहनु पर्ने बिषय होइन । छिमेकी देश भारतमा कोरोना तीब्र रूपमा फैलदा नेपालीको अनुहार मलिन र चिन्तित हुन पुगेको छ । नेपालमा पनि सक्रमितहरु एकपछि अर्काे गर्दै देखा पर्नु र अर्कोतिर भारतमा फैलावट तीब्र हुँदा परिस्थिति गम्भीर हुँदैछ भन्ने देखाएको छ । तर यो बेला जात जाति, धर्म, लिङ्ग, वर्ण र राजनीति भन्दा माथि उठेर सामाजिक र राजनीतिक रुपमा एकताबद्ध भै कोरोना भाइरस विरुद्धको लडाइँमा सफलता पाउने दिशामा अघि बढ्ने बेला केही तत्व धमिलो पानीमा माछा मार्न सकिन्छ कि भन्ने खेलमा लाग्नु दुःखद पक्ष हो ।
सरकार कोरोनाबिरुद्धको लडाई जित्नका लागि सिंगो देशलाई एकजुट बनाएर आफ्नो देशमा सिमित श्रोत र साधनका बाबजुद सिमा, शक्ति र सामर्थ्यका साथ जुटिरहेको छ । तर केही समूह सरकारविरुद्ध हात धोएर लागेको लाग्यै छन् । जो यही मौकामा राजनीतिको रोटी सेकाउन उद्धत छन् । उनीहरुलाई यो सरकार बनेको नै मन परेको छैन । यो सरकारले बिकास गरेकोमा चित्त दुखाई छ । नेपालमा स्थिरता हुँदै गरेको सह्य छैन । सरकारले राम्रो काम गरे पनि पाखुरा सुर्कनु उनीहरुको दैनिकी बनेको छ । जुन योजनाबद्ध, नियोजित र गोयबल्सशैली भनेर भन्न कठिन छैन । उनीहरु यो सरकारलाई अहिले नै गर्ल्यामगुर्लुम्म पारेको हेर्न चाहन्छ्न र मुख मिट्ठ्यार बसेका छन । सरकारले समयमा लकडाउन गर्ने दुरदर्सी निर्णय गरेको छ । जस्का कारण अहिलेसम्म कुनै मानवीय क्षती हुन पाएको छैन ।
खुला सिमानामा पनि कठोर निति लिएर पनि संक्रमण फैलन नदिन हरसम्भब प्रयाश अख्तियार गरेकै छ । स्थानीय र प्रदेशमा स्वास्थ सामाग्रीको ब्यबस्थापन गरेको छ । क्वारेन्टाइन र आइसोलेसन कक्षको तयारी गरेको छ । स्थानीय र प्रदेश सरकार खटिएका छन । सत्प्रयाशहरु भएकै छन । तर यी कुराहरुलाई ओझेलमा पार्दै दिउसै रात पार्ने गरी डढेलो लगएजस्तै गरी सरकारविरुद्ध चौतर्फी हमला भैरहेको छ । यस्को विरुद्ध जनस्तरमा सही सूचना पुर्याउन र भ्रम चिर्दै जनचेतना फैलाउन सरकार र सत्तारुढ दल चुकेको देखिन्छ । सत्तारुढ दलका कतिपय नेताको अभिव्यक्ति सुन्दा सरकारविरुद्ध प्रतिपक्षी भन्दा एककदम अघि बढेर लागेको देखिनु बडो बिडम्बनापुर्ण कुरा हो । यसले हामिलाई कहाँ पु¥याउछ ? हेक्का राख्ने बिषय भनेको संगै डुङ्गामा यात्रा गरिरहदा डुङ्गामा प्वाल पार्दा डुबिने सबै यात्रु हो । त्यसबेला म बलियो वा धेरै जान्ने वा धेरै पढेको वा म क्रान्तिकारी हुँ भनेर डुब्नबाट बचिदैन । घरमा आगो लगाएर खरानी खोज्ने जुन प्रवृत्ति सत्तारुढ दल नेकपामा देखिएको छ । यस्का थुप्रै नेता नेतृहरुमा झाँगिएको छ । यो सबैभन्दा घातक छ । यहाँनेर एउटा कथा जोड्नु सान्दर्भिक होला जस्तो लाग्यो ।
परापूर्व कालमा गोदावरी कुण्डनजिकै एक सन्तको कुटी थियो । उनी काम, क्रोध, लोभ र मोहबाट मुक्त थिए । उनको महानताको चर्चा टाढाटाढासम्म हुने गथ्र्यो । उनलाई सहयोग गर्न चाहने दाताको कमी थिएन । तर, सन्त उनीहरूको कुनै भेट स्विकार्दैनथे । सन्तको दर्शनका लागि टाढाटाढाबाट भक्तजन आउँथे । उनका अमृतवचन सुनेर फर्किन्थे । कैयौँ त आजीवन उनकै आश्रममा बस्ने गर्थे । त्यही गाउँका कतिपय मानिसलाई भने उनका कुरा मन पर्दैनथे । ढोँगी, अरुैनितक काम गर्नेहरुका लागि ती सन्त दुश्मन थिए । त्यसैले उनीहरू जहिल्यै सन्तको अपमान गर्ने उपाय खोजिरहन्थे । सन्तको आश्रमदेखि अलि परको एउटा चौतारामा बसेर सन्तको अपमान गर्ने र टाढाटाढाबाट आउने भक्तजनलाई भड्काउने उपाय खोजिरहन्थे ।
एक दिन सन्तका विरोधी चौतारामा जम्मा भएर उनको अपमान गर्ने उपायबारे सल्लाह गरिरहेका थिए । त्यसै समयमा सोही बाटो हुँदै एक गरिब बटुवा कतै जाँदै थिए । सन्तका विरोधीले उनलाई सोधे– तिमी कता जाँदै छौ ? बटुवाले जवाफ दिए– गरिबीले सताएकाले केही काम पाइन्छ कि भनेर छिमेकी देशतिर जाँदै छु । गरिबको कुरा सुनेर सन्तका विरोधीमध्ये एकले भने– ठिकै छ, हामी तिमीलाई एउटा काम दिन्छौँ । त्यो काम गर्न सक्यौ भने हामी तिमीलाई धन दिनेछौँ । उनले बटुवाको कानमा मुख लगाएर खासखुस गरे र भने– तिमीले यत्ति गर्न सक्यौ भने पुग्छ ।
सम्पत्ति पाउने लोभमा बटुवा सन्तको आश्रममा पुगे । त्यतिखेर सन्त ध्यानमा लीन थिए । बटुवाले भन्नु नभन्नु भनेर सन्तको अपमान गरे । तर, सन्तले वास्तै गरेनन् । उनी ध्यानमै मग्न भए । बटुवा झन्झन् चर्कीचर्की सन्तलाई गाली गर्न थाले । एकछिनपछि सन्तले आँखा खोले र मुसुक्क मुस्कुराउँदै भने– बन्धु, तपाईं भोकाउनुभएको होला, आश्रमको भान्छामा गएर पेटभरि खाना खाएर मात्र जानुस है । त्यसपछि वटुवाले पेटभरी खान पाएपछि सन्त सँग माफी माग्दै प्रायश्चित गरेर हिड्यो । हो यसैगरी सन्तरुपी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यो सरकारलाई पनि अहिले यसरी नै अपमान गर्न खोजिएको छ । तर ती सवै बिरोधीहरुले भोलि प्रायश्चित गर्दै सरकारले गर्ने कामले भविष्यमा वर्तमानसँग सापटी माग्नुपर्ने गरी काम गरोस । यी तमाम चुनौतीका पहाड छिचोलेर काँडाहरुसङ्ग जुधेर कोरोना बिरुद्धको लडाईमा बिजय प्राप्त गर्नु सरकारको यतिबेला मुख्य कार्यभार हो ।
यो अप्ठ्यारो र संबेदनशील घडीमा सरकारका हरकदमलाई साथ दिनु हरेक असल नागरिकको कर्तव्य हुन आउँछ । तसर्थ अहिले सरकारबाट भएका कमीकमजोरीको लेखाजोखा गर्ने दिन आउछन । त्यसबेला हिसबकिताब गरौंला । अहिले मुलुकमा राष्ट्रिय सामाजिक र राजनितिक एकता चाहिएका बेला त्यसलाई खल्बल्याउन, समाजमा नकारात्मकता फैलाउन र त्यसैमा राजनितिक रोटी सेक्न चाहने तत्व सलबलाइरहेका छन । नेकपाको नेता बन्ने, जनताबाट अनुमोदिन नभए पनि गुटका नाममा सांसद बन्ने, अनि पार्टी नेता र सरकारकै बिरुद्ध बिषबमन गर्दै कांग्रेसलाई सघाउने यो निकृष्ट खेल अव बन्द गर्नैपर्छ । यो प्रबृत्ति कोरोना भाइरस भन्दा पनि खतरानक छन । कोरोना सङ्गै यिनीहरुलाई पनि परास्त गर्न सरकारका अहिलेका हरकदममा काँधमा काँध मिलाएर साथ दिऔं । लकडाउनको पूर्ण पालना गरौं । आफू पनि बचौ,अरुलाई पनि बचाऊँ ।
जनता टाइम्सबाट….









