लोकतन्त्र दिवस र लोकतान्त्रिक चौक ः डम्पीङले परिसर ज्यादै गलस्त

लोकतान्त्रिक जानआन्दोलन २०६२÷२०६३ का सहयोद्धा एवं सहकर्मी तत्कालीन ने. क.पा ( एमाले नेपाली काँग्रेसका साथै केही वामर्मोच नेता कार्यकर्ता समर्थक नागरिक पेसागत एवं व्यवशायिक वर्ग शिक्षक विद्यार्थी साथै मानवअधिकार सम्बद्ध औपचारिक एवं अनौपचारिक सङ्घ÷सङ्गठन आदि संस्थाहरूको संयुक्त रूपमा आन्दोलित लोकतान्त्रिक जनआन्दोलन २०६२÷२०६३ को आन्दोलन क्रममा तत्कालीन शासन सत्ताका कुशाशकहरु राजादेखि रजौटासम्मको बहिर्गमनले लोकतान्त्रिक सफलतामा वि.स.२०६३ वैशाख ११ गते लोकतान्त्रिक सफलता प्राप्तिको शुभ दिनको प्रतीक्षामा लोकतान्त्रिक जनआन्दोलनका सहयोद्धा एवं सहकर्मी र समर्थक, नागरिकहरूको लोकतन्त्र प्राप्त प्रति लगनिको गौरव शाली दिनको उत्साहबद्र्दक परिणामको कारक तत्वमा कैयन व्यक्तिहरूको ज्यानको बलिदानी शारीरिक अपाङ्गताको परिणति, बृद्धाबृद्ध, बालबालिका, शिक्षक, विद्यार्थी तथा उक्त आन्दोलनमा सरिक विभिन्न पार्टीका कार्यकर्ता र सर्वसाधारण महिला पुरुष नागरिक कले गरेको जोडेर सहयोग र समर्थनको अविस्मरणीय देन पनि हो ।
लोकतान्त्रिक जनआन्दोलन २०६२–२०६३ को सफलता र लोकतान्त्रिक चौक नामकरण घोषणाको इतिहास एकै सिक्काका दुई पाटाका रूपमा बुझ्न आवश्यक हो ।
लोकतान्त्रिक जनआन्दोलन २०६२–०६३ को सफलताले उक्त आन्दोलनमा सहकर्मी, विभिन्न राजनैतिक पार्टीका नेता तथा कार्यकर्ताहरू दैलेख कारागारबाट हिरासत मुक्त हुँदै लोकतान्त्रिक जनआन्दोलन सफलताको हर्षोल्लासका साथ दैलेख बजार परिक्रमा गर्ने क्रममा तत्कालीन जनआन्दोलनमा सहभागी पर्टीहरु मध्येको तत्कालीन ने. क. पा. एमाले पार्टी प्रतिनिधि एवं तत्कालीन राजद्रोहीका रूपमा गिरफ्तार हुन भएका व्यक्तिहरू हाल दैलेख जिल्लाबाट निर्वा्चित भएर सङ्घ र प्रदेश सरकारको जिम्मेवारीमा हुनुहुन्छ ।
आन्दोलनमा होमिएका धेरै व्यक्तिहरू अहिले स्थानीय सरकारको प्रमुखको जिम्मेवारीमा पनि हुनुहुन्छ ।
तत्कालीन समयमा आन्दोलनको सफलता लागि भन्दै स्थानीय टुँडिखेल मूल प्रवेशद्धार दायाँ स्थल कोणसभा सम्बोधनमा (लोकतान्त्रिक चौक ) नामकरणको घोषणाले पनि आज ( १४ ) चौध वर्ष पुरा गरेको छ ।
१४ वर्ष सम्ममा पनि यो चौकको ऐतिहासिकता डम्पीङ्ग र पार्किङले काहलिलाग्दो दुरावस्था प्रति कसैको पनि चिन्ता नहुन लाजमर्दो कुरा हो ।
यसको व्यवस्थापनका लागि विभिन्न समस्याहरू होलान् तर पनि समस्या समाधानका लागि को कति लाग्नुभयो भन्ने कुरा स्थानीय बासिन्दाहरुले बुझ्न पाएका छैनन् ।
१४ वर्षको अवधिमा विभिन्न व्यक्तिहरू विभिन्न पदमा पुग्न सफल भए तर यो लोकतान्त्रिक चोक भने अहिले सम्म रोइरहेको छ । कसैले चासो किन दिएनन् भनेर ।
यो सँगै दैलेख सदरमुकामको मुख्य बजार क्षेत्रलाई आकर्षक बनाउने पहिलो जिम्मेवारी नारायण नगरपालिकाको हो । नगरपालिकाले पनि यसको व्यवस्थापनका लागि चासो नदिनु अचम्मको कुरा हो ।
तत्कासलिन श्री ५ ज्ञानेन्द्र शाहबाट हत्या हुनलगेको लोकतन्त्र बचाउन निरङ्कुश मुठीबाट उम्काइ लोकतन्त्र सफल मर्ग लोकतान्त्रिक जनआन्दोलन २०६२ र ०६३ को गरिमामय महत्त्व र यसको भावनालाई जीवन्त राख्नका लागि पनि यो चौकलाई सामरिक महत्त्वको चौकको रूपमा विकास गर्नुपर्ने देखिन्छ ।
अहिले यो चौकको औपचारिक पहिचान एवं गरिमा कुहिरो भित्रको कागजस्तै भएको छ ।
विगत तीन वर्षसम्म धेरै बाटाघाटाहरु बनिसकेका छन्, नाली पुल पुलेसाहरू बनिसकेका छन् । अव यो चौकको विशेषता र महत्त्व सँधैभरी झल्काउनका लागि नयाँ र उल्लेख्य काम गर्नुपर्ने अहिलेको आवश्यकता हो ।
चौकको भविष्य निर्माणलाई अश्वाशनमा होइन कार्यान्वयनमा उर्तान अनिर्बायता छ ।
स्थानीय देखि सङ्घीय तहसम्मका जनप्रतिनिधिहरू नै यस लोकतान्त्रिक चौक निर्माणका नीति पूर्ण जिम्मेवारीका रूपमा नारायण नागरकार्यपालिका प्रमुख तथा दैलेख जिल्लास्थित दुवै निर्वाचन क्षेत्रका प्रतिनिधि सभा सदस्य ( श्री राज बहादुृर बुढा र श्री राविन्द्रराज शर्मा ) प्रदेश सभा सदस्य रहनुभएका अमरबहादुर थापा लगायतको विशेष समुपास्थितीमा सम्बन्धित कार्यान्वयन निकाय नारायण नगरपालिक दैलेखले अगुवाइ गरेकै अझै कार्यान्वयन तहका लागि अगुवाइ गर्नुपर्ने देखिन्छ ।
चौक व्यवस्थापनको मुख्य संयोजकको जिम्मेवारीमा सांसद श्री राज बहादुर बुढाले अग्रसरता देखाउनुपर्ने देखिन्छ ।
धन बहादुर के.सी. संयोजक लोकतान्त्रिक चौक निर्माणको आधारभूत समिति, दैलेख ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार