दैलेखी जनता दुखी
अकालमै ज्यान खायो
बाढी र ंपैरोले ।
संघ संस्था जन्मायाछन
भाषणको ओइरोलो ।
योजना कागजमा सीमित
जन जीवन कस्टकर छ वाढी र पहिरोले ।।
हो जव जव विपद आईलाग्छ तब तब खोक्रो नीतिका भाषण सम्वन्धित संघ संस्थाहरु बडो उद्घोषका साथमा गर्जना गर्छन । मैले यो गरे सो गरे तर आज देश भरी बाढी पहिरोले आतंक मचाउदा गण्डकी, त्रिशुली, कमला देखि बाग्लुङ्ग, काभ्रेमा गरी देश भरी दर्जनौ मान्छेले अभोकाल जीवन गुमाउनु प¥यो । गुमाई रहेका छन । यदि राज्य यस प्रती साँच्चै नै उदारवाद रहेको थियो । उदासीन थिएन भने देशमा आइलाग्ने विपद् व्यवस्थापनका दीर्घकालिन योजनाको दीर्घकालिन नीति बनाई जनताको गाँस, बाँस कपास र दीर्घकालीन व्यवस्थापन भई जनता मारमा परेका हुने थिएनन् । यसै नियतीको सिकार हुन पुगेको दैलेख पश्चिममा बाल बालिकाहरुले ज्यान गुमाएका छन । कालीकोटमा समेत जनता ज्यान गुमाउन विवश भए । रेडक्रसले अली अली भए पनि पीडित जनताको घाँउमा मलम लगाएको समाचारमा सुन्नमा आईराखेका छौँ । तर पक्कै पनि त्यो विपद्को दीर्घकालिन समाधान अवश्य मेव होइन । त्यो क्यान्सरमा मलम दिएको क्षणिक शान्ति हो । तै पनि गच्छे अनुसार जनता सम्म पुगि शान्तुना दिएको प्रति जनता आर्शिवाद दिन चाहन्छन । तर बिपद् आइलाग्दा च्यांउ जस्ता उम्रेका स्वदेशी र बिदेशी संस्थाहरु भने विपद् बांजा बजाएर आउदैन । हामी यस्मा चनाखो बन्नु पर्छ भनि विभिन्न सभा गोष्ठीमा थाकी नसक्ने भाषणका चाङमा प्रशस्तै धन जन र पैसा वर्बादी तर्फ लागेकोे हामी गोष्ठी मिटिङ्ग बैठकमा प्रशस्त सुन्न पाउँदछौँ । बहत्तर सालको ठूलो भूकम्प हो । २७ सालको भूकम्प होस पन्चानब्बे सालको भूकम्प होस अथवा राणा काल देखि अहिलेको गणतन्त्र काल आई सक्दा समेत नीति निर्माता सम्बन्धित क्षेत्रमा काम गर्ने च्याउ उम्रे जस्ता संघ संस्था सबै आ–आफ्नो दिन चर्याको खेलमा बडेमानका रेस्टुरामा वडेमानका टेवुलमा वहुत महंगो खाना आवासमा अर्वौ खर्चेर विपद् व्यवस्थापनका नाउमा नाटकीए रुपले जनताको सुरक्षार्थ भनी भाषण काँट छाँट गरेको पाइन्छ । हामी आम सभा गोष्टी दिवसमा प्रशस्त सुन्न पांउदछौँ । तर जन धनको सुरक्षा भएको शताब्दीयौ देखि गणतन्त्र सम्म आई पुग्दा समेत जनताकोहित हुने कुरा फुटी कौडी नभएको हामी पाउदछौ । सांच्चीकै नीति बनेको भए फितलो नीतिको शिकार अवश्य मेव जनता बन्ने थिएनन होलान आज जन जीवन विचल्लीमा छ । जनताको धान रोपेका खेत बगरमा परिणत भएका छन । कति जनताको लास र सासको अत्तो पत्तो छैन । कति जनता खुला आकाश मुनी पाल टाङेर जीवन जिउन विबश बनी राखेका छन । जनताको उठी बास लागेको छ । साच्चीकै राज्य र राज्यसँग आवद्ध संघ संस्थाहरु जन पक्षीय नीतिमै लागेर सत्यताको नीति बनेको भए जनता ज्यान गुमाउन विवश कहीले पनि हुने थिएन । विपद न्यूनिकरण भई सकेको हुने थियो । होला विपदको जोखीममा परी जनताले अवश्य मेव मृत्यु वरण गरेको हुने थिएन होला र गणतन्त्रले सफल सबल र अवल गणतन्त्रले देशमा अवश्य फडको मारी सकेको हुन्थ्यो होला । त्यसको विपरीत अर्थात पृथ्वी सुल्टो होइन अवश्य उल्टो घुमी रहेको छ भन्ने नेपाली जनताले महसुस गर्न थाली सकेका छन । किनत भन्दा महामारी चली राखेको छ जनता सहन विवश छन । आँधी बेहरी आई राखेको छ, जनता सहन विवश छन । बाढी पैरो आई राखेको छ, जनता सहन विवश छन । चट्याङ्गमा जनताको जिउ ज्यान गएको छ । जनता शहन विवश छन । रोग ग्रस्त, भोग ग्रस्त, शिक्षा पीडित, दिक्षा पीडित, बेरोजगार ब्याप्त जनता सहन विवश छन । तर राज्य सत्ता भने ब्यक्तिबाट दल गत, गुट गत स्वार्थमा रुमलीई राखेका दृस्यहरु हामी समाचारमा सुन्छौँ देख्छौ र भोगेका छौँ भोगी रहन्छौ , भोग्नेछौँ हुन्छ भईराखेको छ हुनेछ भन्दै जिवन जोखीममा परि अकाल मृत्यु बरण गरेका घटना क्रमले पुस्टी हुन आँउछकी एनजीओ आइएन जिव संघ संस्था ब्यक्ती पार्टी र राज्यका धुपाउरे र आउरे वाउरे मात्र हुन ।
यो फितलो नीतिका ऐजेण्ड हुन भन्ने प्रष्ट बुझ्न सकिन्छ । खुट्टाका चप्पल लगाउने क्षमता नभएका समाजसेवीहरुका राता रात घर जग्गा महल अलंङ्घारंविभुषण छिनमै तयार भएका जनता देखि नै राँखेका छन । तर तटबन्धको नाँउमा छुट्टीएका रकम विपद् व्यवस्थापनमा लुटीएका रकम शान्ति सुरक्षाका नाममा छुट्टाएका रकम विकासका योजनामा छुट्टीएका रकम शिक्षा स्वास्थ्य, कृषि स्वरोजगारमा छुट्टीएका रकम पर्यटनमा छुट्टीएका रकम कार्तिकमा भैली खेलेको खाजा सावित भएका छन । गरिव कोरोनाको नाउमा मरेका छन, शिक्षाका नाउमा मरेका छन, स्वरोजगारका नाउमा मरेका छन, विपत्तीका नाउमा खोलो, पैरो, भूकम्प पीडितका नाउमा मरेका छन । उचित गाँस बाँस र कपास नहँुदा शित लहरको नाउमा ज्यान गुमाएका छन , तर राज्यको अति मंहंगाई हु्ँदा कर तीर्न र मंहगा बस्तु खरिद गर्दा गर्दा गरिवीको रेखा मुनी बाँच्न विवश छन । ब्यक्ती,ब्यक्ती निमार्ण भएको छ । समाजले गाँउ वडा नगर, जिल्ला क्षेत्र हुँदै संघ प्रदेशहरु निर्माण गरेको छ । यि गरिव नेपाली मध्येका ठालु सामन्त बेविचारीहरु राज्य संस्था संगठन यूनियनका पदाधिकारी चुनिएका छन । जो थाङनेहरु खान लावन नपाई गाउँमा तड्पी रहन्थे ती अहिलेका निती निर्माताको उच्च पदस्त अधिकारी छन । यस्ताबाट जनताको लागि जनताबाट जनताको अधिकार स्थापित गर्न चुनेको ब्यवस्थामा बिपद ब्यवस्थापनका दीर्घकालिन योजना नवन्नु, शिक्षा नीति दीर्घकालिन नहुन स्वरोजगारको प्रत्याभूति नहुन युवा विदेशमा भित्रिनुले प्रमाणित भइसकेको छ । नायक खलनायक दुराचारी भ्रष्टा«चारी हिन्सक बलत्कारी बाहेक देशले उब्जाउन सकेको केही छैन भन्ने प्रमाणित भई सकेको छ । किन त भन्दा यो देशमा सीमा मिचीइन्छन बाल मतलव, युवा विदेशिइन्छन बाल मतलव , शिक्षा नीति स्वरोजगार मुलक छैन बाल मतलव, हत्या हिंसा बलत्कारका घटना घटछन बालमतलव, युवा विदेशिन्छन बाल मतलव, विनाश हुन्छ वालमतमलव, खोलो पैरो बाढीमा जनता ज्यान गुमाउन्छन बालमतलव, विकास हँुदैन विनास हुन्छ बालमतलव, जनता भिखारी ठालु दलाल चोर छिनार मांफीया भूमाफीया मोटाउछन स्वमतलव को देशमा कागजका पानमा ल्याएको ब्यक्तिका खल्तीको संविधान जनताको लागि कागलाई वेल पाक्यौ हर्षन विश्मात भन्दा अरु केनै हुन्छ र यि समाजमा लागू भएका तथ्य प्रमाणीत देखेका, भोगेका, सुनेका, जनताको कहांली लाग्दो अवस्थाले पुस्टी प्रमाणित भई सकेका विषय हुन । नौलो होइनन् परा परर्व काल देखी नै लागू भएका अशली किताब हुन । गाणतन्त्र काल आईसकेको आजका मिति सम्मका तथ्य परक नीति अव लागौ यदि तपाईहरु सच्चा जनताका पहरेदार हौ भने, भ्रष्ट्राचार रोकेर जनता को रोक भोक शोक अशिक्षाको नीतिको अन्त्य गरेर देखाउ, जनताको मत अनुसार राजा रामले सीता माता सिताको त्याग गरी राज्य गरेका थिए । कर्णले अतिथी सत्कारका पुत्र को बध गरेर पाहुनाको सत्कार गरेका थिए । पाण्डपले भाईचाराको लागी राज्यको त्याग गरेका थिए । क्रृषी दधिचिले धर्मको बचावका लागी आफ्नो प्राण त्याग गरी हयीको पास बनाएर दुराचारी राक्षेसको बध गरी देखि देवतालाई जीवन दान दिएका थिए । यदि साँच्चीकै राज्यका जनताको शुसासनको वकालत गरी नथाक्ने राजनेता समाजसेवी चरीत्र वान छौं । भने नीति वान छांै , भने बेला बेलामा जनताको अगाडी गई भोका पेटका भाषण सुन्न बाध्य गर्ने र भाषणले चित्त बुझाउने प्रवृतीको अन्त्य गरी खोला पैरो जाने जाने ज्यान जोखिमको बस्तीको ब्यवस्थापनका दीर्घकालिन योजना ल्याई जनताको गाँस बाँस कपासको प्रत्याभूति गराउ तपाईले घोक्रो फाट्ने र मुख च्यात्ने गरी भाषण गर्नु पर्दैन । तपाईलाई जनताले भोट हालेकै छन । स्वफुर्त हालीनै रहनेछन । यदी तपाई जनताका सच्चा पहरेदार हौ भने युवा स्वरोजगारका दीर्घकालिन योजना अघी सार दीर्घकालिन शिक्षा प्रणालीका योजना अघिसार कछुवा गतीमा चल्ने सडक योजनाका नीति अघी सार, पर्यटनका कुरा अघी सार, जलविद्युतका कुरा कुलमान घिसिङ जस्तो अघी सार जटी बुटी प्रशोधनका कुरा अघी सार, खानीका कुरा अघि सार, युवा स्वरोजगार चम्कीएला, कलकारखाना घन्कीएलान, पेटभरी जनताले खाना पाउलान, लाउन पाउलन, समस्या नै समस्या को जाल झेलाबाट उन्मुक्ती पाउलान र समाज र नितीमा लागेको धमीरा मरी कुलतको अन्त्य भई असल नितीले कुलधार हैन सदाचार सदा विचार गरी उज्वल गर्ने नितीले प्रवेश पाउला । शान्ति सुशासनमा अमनचयनले प्रवेश पाउला विकासले जनताको घर दैलोमा हाँसी खुसि छाउला गणतन्त्र सार्थक होला पापरोला पुण्य हांस्ला राम राज्यको थालनी होला नेताहरु गृहमेघी मृगमायाको चपेटाबाट उन्मुक्ती पाउलान कृष्ण भक्त भई मनुस्य चोलाको अन्त्य गरी इश्वरत्व पाई इश्वर बन्लान, जन्मा जन्मको चक्तब्युह को अन्त्य गरी भगावानको चलायमान श्रृस्टी सन्चालन गर्लान र नातावाद कृपावाद स्वास्नीवाद फरीयांवांद कुसंस्कार र कुनीतिको अन्त्य इश्वरको सत पात्र प्राप्ती गर्लान योहो राज नीति, किर्ती, यस वैभव शेवा प्रेरणा प्रायश्चित, यि दीर्घकालिन योजना नहुँदा जनता रोएका छन । दलाल हाँसेका छन, स्याल बासेका छन । ब्वासा सिकार गरिरहेका छन । यसैको सिकार दैलेख बाँसी हुन पुगेका छने । यही श्रावणको अन्त तीर गएको पैरोमा ज्यान गुमाएका छन । खुला आकाश मुनि बसि जीवन जिउन बाध्य भएका छन । जिल्ला रेडक्रसले पीडितहरुलाई केही सक्दो सामग्री उपलब्ध गराई राहत रुवरुप घाउमा मलम लगाएको छ । जो जीवन जिउने आधार पक्कै पनि होइन । यसको लागि स्थानीय सरकार प्रदेश सरकार सघ सरकारका दीर्घकालिन योजना लागू भई जनताले पीडाबाट उन्मुक्ती पाउने राज्यले व्यवस्थापन गर्नु कर खाएको पैचो तिर्न सक्ने नीति लागू हुन म लेखक समेतका जनता राज्यसँग माग गर्दछौँ र समयानुकुल बल्झी रहने नीतिको अन्त गरी यसै सालबाट दीगो विकाश स्वच्छ नीति निस्कलंङ्कीत योजना लागू हुन र दैलेखबासी पीडित जनताको गाँस बाँस कपासको दीर्घकालिन व्यवस्थापन होस भनि सम्वन्धित सेवा ग्राहीको निकाय समक्ष रहुन भन्दै म लेखक विट मार्दछु ।
ॐ पन्चवक्त्राय विद्धमहे महादेवाय तन्नो रुद्र प्रचोदयात ।
लेखक
रण बहादुर ऐरी
कार्यलय प्रमुख
खा.ब्या.तथाब्या.क.ली
शाखा, दैलेख









