
यहि छन पन्चकोशी यही महावु शिव ।
यहि डुङ्गेश्वर महादेव महावु शिव भैरवीको ।
पूजा गर्न जनशक्ती लागौं अब
दैलेखको विकास शक्ती ।
माता उमा पलाई देउब
अनाथ जनता दुखि जीवन ।
काख लिई देउब ।
हजुर प्राकृतिक सम्पदाको धनी कर्णाली प्रदेशको जिल्ला दैलेख धार्मिक पर्यटकीय स्थल जडीबुटी र खानी, जल, जंगल र जैविक विविधताले परिपूर्ण जिल्ला हो । मैले जन समुदायमा यस भन्दा पहिलाका लेखहरुमा पनि पेश्की सकेको छु । तै पनि यहाँको सडक यातायात विजुली पानी शिक्षा रोजगार स्वास्थ मुलोले पाउन सक्ने जती सेवा पाउन सकेको भने देखाईदैन । यो जिल्ला जैविक विविधताको जिल्लाको रुपले पनि चिनिन्छ । जहाँ साल, सल्लो, मेवा, आँप, गुराँस, बांज, उत्तीस, सल्लो देखि धागो बनाउने अल्लो समेत छन । फलफुलमा आँप, सन्तोला, केरा,आरु, नास्पती, मेवा, कटहर, भुईकटहर, अंगुर, तराई पहाड मध्य पहाड र केही भेगमा हिमालमा फल्न सक्ने फलफूल आदी सवै फल्छन । यो जिल्लाको पूर्वमा जाजारकोट, पश्चिममा अछाम, उत्तरमा कालीकोट र दक्षीणमा सुर्खेत कर्णाली प्रदेशको राजधानी रही आएको छ । यो जिल्लाको जलवायु उपोष्ण ५४४, १२०० मी समशितोष्ण १२००, १८०० मी , सितोष्ण १८००, २३०० मी , ठण्डा लेकांली २३०० माथिका भू–भाग छन भने समुन्द्री सतह देखि १४४८ मी दैलेख वजार देखि आफै प्राकाट्य शिवलिङ्ग महावु शिव उत्पन्न तीर्थ स्थल सम्म ४२०० मिटर रहेको छ । जो सगरमाथाको आधा उचाइमा अवस्थित छ । न्यूनतम उचाई ५४४ मिटर तल्लो डुङ्गेश्वर पर्दछ । जो जिल्ला अती रमणीय , मनमोहक, मनोरम, प्राकृतिक खानी र धार्मिक पर्यटकीय स्थलको खानीको रुपमा चिनिन्छ । जो जिल्ला राजधानी काठमाण्डौंबाट ६५० कि.मी. दुरीमा अवस्थित छ । तर पनि जिल्लाको विकासले किन होला शैक्षिक, आर्थिक, स्वास्थ्य मुलो र पर्यटकीय स्थल, धार्मिक पर्यटकीय स्थल, खानी, विद्युत, खानेपानी र सडक संजालमा समेत कुनै चिजमा पनि आत्म निर्भरता भएको भने पाईदैन । यो नहुनुमा यहाँका लोक सेवा पास गरेका ब्युरो क्रेसका दक्ष जनशक्ति यो जिल्लाबाट माई क्रेट भएर प्रदेश राजधानी छिर्नु । केन्द्रीय राजधानीमा बसोवास गर्नु राज नेता प्रदेश राजधानी देखि काठमाण्डांै राजधानीमा बसोबाँस गर्नु र जिल्लामा दिगो विकासका दिर्घकालिन योजना नहुनु र मध्य वर्गी र न्यून वर्ग जो गरिव अशिक्षाले पीडित छन ।
तिनै मानिसको बस्ति मात्र जिल्लामा हुनु र गरिव वर्ग जो भारत देखि अरवियन देशहरुमा हात मुख जोड्ने व्यवस्थाको लागि बाहिरिनु जस्ता कारणले होला अवश्य पनि विकसित जिल्लाको सूचिमा आउन नसकेको कारण यो जिल्ला आफैमा गौरवशाली जिल्ला छ । जहाँका जडीबुटीहरु विकासको लागि पर्खी राखेका छन । अर्को कारण विकासमा टेवा पु¥याउन सक्ने जनशक्तीमा टेवा पु¥याउन सक्ने कुल जन संख्याको आधा जनसंख्या भारतमै रहेको आकलन गर्न सकिन्छ । जबकी यहाँको कुल जनसंख्या २,६१,७७० रहेको छ । जो प्राकृतिक रिश्वर्सको गौरवान्नित जिल्लाको रुपमा प्रख्यात छ । जहाँ जिल्लाको मुल गेट मै नारायण स्थान, भैरव मन्दिर, ऐतिहासिक कोतगडीले सुसज्जीत छ भने अलि माथि गणेश चौकमा सिद्धी विनायक गणेश नाथको मन्दिर र भुतेश्वर मन्दिर छन । जहाँ हाल योग आश्रम भवन पनि बनेको छ । यो विकासको आस लाग्दो संकेत पनि हुन सक्छ । त्यहाँ पछि भूर्ति भन्ने ठाँउमा पाँच भाई पाण्डपको पाला देखि बनेका पञ्चदेवलहरु पनि अवस्थित छन । ठूलो शिव मन्दिर वनेको छ, जो पूरा निर्माण हुन नसक्दा आजा पूजा गर्न पर्खि बसेको छ । जिल्लाको उत्तरी तर्फ अली माथि विलासपुर मन्दिर छ । जहाँ बटुक भैरव नाथ अवस्थित छन । यसै गरी जिल्लाको उत्तर भेगमा जहाँ आफै प्राकाट्य शिव लिङ्ग छन । जसको महिमा म लेखकले ११० लेख लेख्दा सम्म प्रत्येक लेखमा दैलेखका विश्व सम्पदामा आउन सक्ने तीर्थ स्थलहरुको पटक पटक वर्णन गरेको छु । जस मध्ये ज्वाला जी रहेको छ ।
धार्मिक प्रर्यटकीय स्थलका गेस अथवा भिधाईल खानी के पत्ता लगाउन चाइना कम्पनीले उत्खनन् गरी राखेका बेला विश्व माहामारी कोरना भाईरस भित्रिदा त्यो पनि कोरनाको पेटमै रह्यो । जहाँकी पञ्चकोशीमा डुङ्गेश्वर शिव, काटीला, नाभस्थान, श्रीस्थान, पादुका, धुलेश्वर, भैरवि पर्दछन । जो ठूलो शक्ती पिठका नामले चिनिन्छन । पिता दक्ष प्रजापतीको होमकुण्डका सतिदेवीले हाम फाली देह त्याग गर्दा शोक मग्न पिता शिवले माता पार्वतीको मृत देह वोकी हिन्दा जहाँ जहाँ अंग पतन भए त्याहाँ त्यहाँ शक्ती पिठ खडा हुन गएका छन । त्यसैका रुपमा पञ्चकोशी तीर्थस्थल खडा हुन गएका छन । जहाँ छाती खसेको छ त्यहाँ कोटीला, शिर खसेको छ श्रीस्थान, नाभी खसेको छ, नाभस्थान , माता उमाको पद खसेको ठाँउमा साक्षात पर्दछन । पादुका सिरको धुलो खसे को ठाँउमा श्रीस्थान शिवलिङ्ग सँगै धुलो उडी रहेको आजका मिति सम्म हामी दर्शन गर्न पाउदछौँ, देखिरहन्छौँ जहाँ नजिकै भैरवी तीर्थ अवस्थित छ ।
रातमा बस्दा साक्षात पञ्चायतन देवताको दर्शन गर्न पाईन्छ भन्ने जनभनाई छ । यती मात्र हैन दुल्लू नजीकको दक्षीण पश्चिम भेगमा बडीमालीका अवस्थित छिन । मनो बान्छीत फल दिन्छीन जन भनाई छ । डुङ्गेश्वर महादेव शाक्षात महादेव हुन जहां राणाहरु रारा ताल दर्शन गर्दा त्यहांको निशानी दमाहां लगि हनुमान ढोकामा राख्दा पुजाको बेला आफै बज्न थाल्दा योत हामीले अनर्थ गन्यौ भनी दण्ड स्वरुप नङरा समेत निशानी दमाहा फर्काईएको सवुत प्रमाण तल्लो डुङ्गेश्वरमा छदैछ ।
अझै पुगेन यहाँ राईली त्रिपानी बिन्ध्यावासिनी मालीका माईको मन्दिर, ना.न.पा. वार्डन ११ र भगवती माई गाउँपालिकाको बीचमा अवस्थित छिन । परापूर्व कालको भोटेको धौखानी समेत अवस्थित छन । यहाँ दुल्लुमा कीर्तिखम्ब छन ।, राजा रजौटा रहने राज दरवार पनि छन तर विश्व सम्पदामा आई गौरवका योजनामा आउनु पर्ने धार्मिक प्रर्यटकीय र पर्यटक स्थलहरु परापूर्वकाल देखि शासन गर्दै आईरहेका राजा रजौटाले सिकाएका शासित जनताहरुले डरका मारी आवाज उठाउन नसके हो । यो जनताले जान्नै पर्ने अचुक विषय हो । यहाँ पन्चायत काल, राणा काल, प्रजातन्त्र र लोकतन्त्र गणतन्त्रले पनि जनता माथि रजाई गर्ने खेलो मेलो हो ।
हैन भने मैले प्रत्येक लेखमा लेख्ने गरेको छु । कर्णाली प्रदेशका तिर्थ स्थलको मुल गेट दैलेख जिल्लाको पन्चकोषी दर्शन गरी सु.प.क्षे. हुदै नेपालगंन्ज र काठमान्डौ पुर्वका धार्मिक पर्यटक स्थलको नेटवर्क खडा गरी भारतका तिर्थ स्थल देखि एसियाको नेटवर्क हुन सक्ने धार्मिक, पर्यटक र खानीले जिवन्तता पाए लाखौ जनताले भारतको जुठो चाटन पर्ने र अरवियन देशको ५० डिग्री सेलसियस तापक्रममा आफ्नो श्रम गरी पसिना चुहाउने स्थिती रहन जाने थिएन होला ।
यो मनन गर्नु पर्ने प्रमुख विषय हुन र दिगो विकासका योजनामा समाविस्ट गरीनु पर्ने जल्दा बल्दा विषय हुन । हैन भने डोजरे विकासले गाउँ गाउँ, घर घर, टोल टोलमा सडक खन्नेका नाउमा वर्षभरीको रकम खन्याउने र सडक खोलामा परिणत भएकोत हामी देशंै भर आफ्ना आँखाले हेर्न विवश छौँ । जो सडकबाट जनताले सुविधात परै जावस खोलो बाढी पैरोको सामना गर्न बाध्य छन । यि व्यक्ती विषेसका घर पालुवा योजनाले जनताको विकास त परै जावस उठी वास भने अवश्य मेव लगाएको देखिएकै छ ।
सडक जनतालाई चाइन्छ त्यो सडक काटीए पछि दिगो विकासको योजना मा आवस जनताले शास्ती भोग्न नपरोस । त्यो हो जनमुखी विकास बत्ती चोरले चोर्ने ठूला वडाले महसुल नतीर्ने र झ्याप्प झ्याप्प एकसेकेण्डमा सय चोटी झ्यापको अर्थ चोरी र महसुल असुली गर्न बालेको बत्तीको के औचित्य, अर्थै छैन । भाषण जनताले सुविधा पाए । कासनमा ठालु महाजन दलाल बिचौ लिया मांफीया भू–माफिया चोर चकार तस्कर आदी अली मलाई झलक्क याद आयो म सुर्खेतमा स्टोरमा एयरपोर्टबाट कर्णालीका जिल्लामा खाद्यान्न पठाउन खटीई काम गर्थे । दुल्लूमा खाद्यान्न पठाउन जिल्ला खाद्य व्यवस्थाको वैठक बसाल्न दैलेख आउदाको अवस्थाको सडकले पच्चिस वर्ष पछि पनि सिङ्गल रोड सुर्खेत देखि दैलेख सम्म ज्यानको बाजी राखी आवत जावत गर्नु परेको दुरा अवस्था विधमान नै छन । विजुली त एक सेकेण्डमा सय पटक झ्याप्प झ्याप्प भई हाल्यो । स्कुल ,कलेज कोरनाले खाई हाल्यो । विकासका नाउमा विदेशमा रोजगार गर्न गएका जनता काम गराउदा सम्म गराई क्रृण जो हो गरेर विदेशबाट विदेशी भगाई हाल्यो । अझै बिग्रेको केही छैन लाखौँ लाख टुक्रे योजना ल्याई भाई, भतीजा, भान्जा, सम्धी सम्धेनी, साला, साली, नाता, गावन फरीया पाल्ने योजना ल्याउनु भन्दा दैलेख बांसीले विश्व सम्पदामा आउन सक्ने दिर्घकालीन योजना पञ्चकोशी धार्मिक पर्यटकीय स्थल चिनाउन सुर्खेत दैलेख डबल कटीङ्ग बांटो पिच र दैलेख पंचकोशी राइली त्रीपानी डबल कटीङ्ग रोड पिच र ज्वाला जी पंचकोशी दर्शन गरी आफै प्राकाटय शिवको दर्शन गर्न चक्र पथ निर्माण र काठमाण्डांैमा किनेको २ कट्टा जमिनमा चिडीया खाना हुन सक्ने यहाँ महावु शिव दर्शन गर्न जाँदा सोत देखि महाबु शिव सम्म पुग्दाका बखत चिडीया खाना हुन नसक्ने वर्खे विकाशले परसर्य पाएकै होत । यहाँ धेरै तडी फडी गर्नु पर्दैन । एक वर्षको छरीएको टुक्रे विकासको रकम दिर्घकालिन विश्व सम्पदामा आउन सक्ने विकासमा लगाउनेहो भने पंचकोशीको आशिरवाद नेता जीलाई जनताको जै जै कार पनि नेता जिलाई मुल थातका माटो जगदम्मा जनम भूमिको आसिस पनि नेता जि लाई अवश्य जाने हुँदा दैलेखको दिगो विकासमा दिर्घकालिन योजनाको खडेरी परेकै महसुस हुन जान्छ । अबका जनता टुक्रे परिवारका पेट पालक योजनाको विशर्जन गरी विश्व सम्पदामा आउन सक्ने योजनाको समेतको दिगो विकास गर्न चाहन्छन । कसैलाई चुक चुक नहोस म नेपाल आमाको छोरो नेपाल भूमिमा जन्मेको दैलेख मेरो म दैलेखको हैसियतमा उभिएर काम गर्दछु । गर्छु गरी रहन्छु । जब शरीरको कान्छी औँला काटीइन्छ सारा शरीर दुख्छ त्यसैले दैलेखमा विकास गर्दा जातीय, क्षेत्रीय, भेगीय पराकास्टाबाट माथि उठी दिगो विकासका योजना पारित हुन म लेखक समेतका जनता बडो गम्भिर भई दिगो विकासका योजना जन हिताय आउन माग गर्दछौं । परोप काराय पुण्याय पापाय परि पिडनम. हो । जिवन भन्दै आर्को अंकमा भेट गर्ने गरी पत्रकार मित्रहरुमा जनताका दिगो विकाशका योजना पश्किन नम्रता साथ प्रस्तुत हुन्छु जय मातृ भुमि जयदेश लेखक
रण बहादुर ऐरी
कार्यलय प्रमुख
खा.ब्य.तथा ब्या.क.लि.
शाखा, दैलेख









