पेशा गर्ने अधिकार सवैलाई छ । नेपाल सरकारलाई आवश्यक राजश्व तिरेर मानिसहरुले जुनसुकै पेशा र व्यवसाय गर्न पनि उसलाई छुट छ तर पेशा र व्यवसायको नाममा अनैतिक काम गर्ने छुट कर्सैलाई पनि छैन् । राज्य संचालनको एउटा विधि छ । प्रक्रिया छ त्यही विधि र प्रक्रियालाई टेकेर मानिसहरुले आफ्ना आफ्ना कामहरु संचालन गरिरहेका छन् । कुनै नीति र नियमले मानिसहरुलाई बाँधेको छ त्यही नीति र नियम भित्र रहेर सवैले आफ्नो मर्यादा कायम गर्दै अगाडी बढीरहेका छन् । पेशाकर्मिहरुले जवसम्म आफ्नो मान मर्दन र पेशागत नियम पालना गर्न सक्दैनन् तवसम्म विभिन्न समस्याहरु आईरहन्छन् ।
बिशेष गरेर निकै राम्रो क्षेत्रको र अरुको खवरदारी गर्ने क्षेत्रको रुपमा रहेको दैलेखको पत्रकारिता क्षेत्रभित्र विभिन्न तत्थ्यहिन आरोपहरु थुपारेर एका आपसमा देखिएका रिस र आवेगहरुले अरुलाई पक्कै फाईदा गर्दैन त्यो सँगै अव आम पाठकहरुले समेत बुझ्नुपर्ने जरुरी कुरा के छ भने कोही पनि पत्रकार होस वा अन्य कुनै होस् अनाहकमै, रिसको भरमा अरुको चरित्र हत्या गर्न मिल्दैन् त्यस्तो वअस्थामा जो कोही पत्रकारपनि गल्तिको साजयको भागेदार हुनुपर्दछ ।
अहिले पत्रकारहरुलाई परेको मुद्धा त एउटा उदाहरण मात्र हो त्यसैले आम पत्रकारहरुले आफ्नो पेशागत धर्मको कुरा ख्याल गर्दै अगाडी बढ्नुपर्ने आवश्यकता हो ।







