घरको झगडा संस्थामा नलिदा राम्रो

नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशन सम्पन्न भए लगत्तै सडकमा उठेका विभिन्न प्रतिक्रियाहरुको मुल्याँकन गर्ने हो भने ।
जति प्रतिक्रियाहरु आईरहेका छन् । आफै सुडेनी र बोक्सिनी उखान चरितार्थ गरेका व्यक्तिहरु बाहेक अरुले प्रतिक्रिया दिएका छैनन् । आफैले संगठनलाई धोका दिने योजना बनाए, ल्याप्च्चे लगाए अनि अरुलाई दोष दिदै फरक मत आफैबाट सिर्जना गरिएको छ ।
तत्कालिन शाही कालभन्दा बहादुर ठानेर सदस्यहरुलाई हेपिएको, निर्देशनात्मक चिठीको      विरोध भएको छ । ठूला राजा र महाराजाहरुले हार खाएको मुलुकमा स्वतन्त्र मानिएका पत्रकार र निकायका प्रमुखहरुले निर्देशन दिनु गैर जिम्मेवारी बाहेक अरु केही हुँदैन् ।
चौतारीका जिम्मेवार केन्द्रिय सदस्य जस्ता गैर जिम्मेवारहरुले अन्तरघाती भूमिका निर्वाह गर्नु भेगीयता र जातीयता जस्ता कुराहरु उठ्नुले पनि एउटा मात्र हैन सवैका संगठनमा समस्या उत्पन्न भएका छन् ।
घरभित्र नमिलेको कुरालाई बाहिर लिनु भन्दा लोकतान्त्रिक पद्धती पछि प्राप्त परिणाम केवल आफ्नो लागि मात्र हो अरु कोही पनि हैनन् भनेर मुर्खता देखाउन खोज्दा देखिएको समस्या समाधानका लागि जिम्मेवारहरुले नै गल्ति स्विकार गरि सहजता खोज्न तर्फ लागे उपयुक्त हुन आउँछ ।
अन्तरघातिहरुलाई किनारा लगाउन संगठन भित्र गरिने आफ्ना सबै क्रियाकलापहरुलाई खुल्ला रुपमा अगाडी बढाउँदै साझा संस्थालाई मर्यादित बनाउन सवै एकमत हुनु पर्दछ वलकी आफ्नै दाईजो हो तीन बर्ष सम्म जे पनि गर्छु भनेर अहमता पाल्नु कदापी राम्रो हुँदैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार