विगत पाँच बर्षदेखि दैलेखमा लागु औषधको अवैध कारोवार बढेको छ । लागु औषधलाई जिल्लामा सदरमुकाम सम्म भित्राउने गिरोहको सक्रियता सँगै दैलेखमा यसको प्रयोगकर्ताहरु दिनानुदिन बढ्दै गएका छन ।
अधिकाँस लागु औषध प्रयोग कर्ताहरुको सुचिमा १७ बर्ष मुनिका बालबालिकाहरु समेत संलग्न भएको देखीदै गएको छ । जसले आफ्नो सुन्दर भविष्यलाई सदाका लागि विगारेका छन् । यसमा ती बालबालिकाहरुको कुनै दोष देखिएको छैन् । साथिभाईको लहलहैमा लागेर एक दुई दिनको रमझममा लागेर सुन्दर भविष्य बिगारेका यस्ता युवाहरुको भविष्य प्रति अभिभावकहरुले समयमै सचेत हुनु पर्र्ने बेला आएको छ ।
पक्कै पनि यो चिन्ताले सबैलाई सताएको छ तर यस्तो प्रवृती जसले गरीरहेको छ त्यस्ता ब्यक्तिहरुका बारेमा प्रहरीले निगरानी राखी अनुसन्धान गरेपनि प्रहरीले बास्तबिकतामा पुग्न भने सकेको छैन । यस्तो धन्दा कसैले कमाउनका लागि गरेपनि यस्ता बालबालीका अन्य कुनै लक्ष्य होला तर यस्तो अबैध कारोवारीहरुको संजाल तोड्न जवसम्म प्रहरी सक्दैन् तवसम्म बिद्यालयका शिक्षक र अभिभावकले राम्ररी हेर बिचार पु¥याउनु पर्ने देखिन्छ ।
अभिभावकले राम्रो आफ्ना छोरो छोरी प्रति निगरानीमा नराख्ने हो भने भोलीको भविष्य अन्धकार हुने बाहेक केही हुने छैन । त्यसैले अभिभावक र बिद्यालयका शिक्षक र समाजका प्रभुत्व बर्गले यस्ता युवाहरुलाई कुलतमा फस्न दिनु हुदैन ।








