संविधान सभा निर्वाचन सम्पन्न भएको चार महिना बितिसक्दा पनि संविधान सभाको विवादित मुद्दाहरु अहिलेसम्म निचोडमा नपुगेका कारण नयाँ संविधान बन्न अझै समय लाग्ने संकेत देखिएको छ । संविधान सभा भित्र केही समयदेखि मस्यौदाको विषयमा लामो समय दलहरुले खर्चि सकेका छन ।
विवादीत मुद्दाहरुलाई चाँडो भन्दा चाँडो जनमत संग्रह वा संबिधान सभामा बहुमत मा लगेर छिटो भन्दा छटिो टुंग्याएर संविधान निर्माण गरी देशलाई संबिधान दिनु पर्छ । े संविधान सभा निर्वाचन सम्पन्न भएपछि एक पछि अर्को विवादका कारण सरकार गठन प्रक्रिया लम्बिदै आएपनि अन्त्यमा त्यसले सफलता पाएको छ ।
सरकार गठन भएर दलह अगाडी बढिसकेकाले बिदादीत विषयलाई पछि मिलाउने सर्तमा संबिधान जारी गर्नु पर्दछ बिभिन्न राजनैतिक दलका नेताहरुले पछिल्दा दिनहरुमा स्थानीय निकायको निर्बाचन गर्ने कुरा अगाडी सारेपनि तेस्रो दल एकिकृत माओबादी भने यसमा तयार भएको देखीदैन ।
स्थानीय निकायमा जनप्रतिनीधी नहुदा भष्ट्रचार मौलाएको छ ।भष्ट्रचार मौलाएकाले स्थानीय निकायममा बिनियोजीत बजेट समेत दुरुपयोग हुदै गएका त्यसको लागी पनि दलहरुले सहमतती गरी तत्काल स्थानीय निकायको निर्बाचन तिर लाग्नु पर्ने देखिन्छ








