नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यय किरण दैलेख आएपछि राजनीतिक रुपमा उनले बोलेका केही कुराहरुले नयाँ तरंग ल्याउनुपथ्र्यो दैलेखी जनताहरुका लागि तर त्यसो भएन त्यो किन भएन र किन हुनुपथ्र्यो भन्ने तर्क गर्नु आवश्यकता छैन् ।
तर बिशेष परिस्थितीमा तत्कालिन समयमा गृहमन्त्री बनेका बामदेव गौतम आउँदा खेरी पत्रकारहरुले गरेको प्रतिपश्न र अहिले बैद्यय आउँदा गरेको प्रतिपश्नले कता कता पक्षपाती पन झल्केको देखिन्छ ।
जसलाई उठाउनुपर्ने प्रश्न हो त्यसलाई उठाउन मन नमानेर हो वा अन्य कुनै कारणले हो त्यो उठेन खैर त्यसमा तर्क गर्नु पनि जरुरी छैन् ।
विगतदेखी न्याय चाहियो भनेर उठ्ने आवाजहरु बैद्यसँग पनि उठाउनु पर्ने थियो । बैद्यले बोलेको कुरासँग एमाओवादीका शिर्ष अन्य दुई नेताहरुले बोलेको कुरामा मेल खान्छ । हाम्रा कार्यकर्ताहरु मात्रै अनाहकमै थुन्ने भनेर दिएको तर्क दैलेखका लागी तर्क संगत थियो वा थिएन् । प्रचण्ड र बाबुरामले गुण्डाको अपमा दिदासमेत नाथक्ने संचारकर्मीहरु अहिले थाकेका हुन या आवणमा मात्र ठूला कुरा हुन् सोचनिय बिषय बनेको छ । पत्रकार थापाको हत्या सामान्य हत्या हो र ? मात्रै भन्ने प्रश्न पनि नउठ्नुले समेत पक्कै कुनै राजकुरा लुकेको आभाष भएको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग बनाउने महत्वपुर्ण जिम्मेवारी पाएका बैद्य, प्रचण्ड र बाबुरामले समेत आफ्नो सरकारमा माखो मार्ने काम नगर्नु र पछि आएर चर्को कुरा गर्नुले पनि आम दैलेखका पीडितहरुमाथि अन्याय हुन जान्छ । सवै खाले गम्भिर अपराधमा संलग्न जो कोहीलाई पनि उन्मुक्ति दिनु हुँदैन् ।








