मानिसहरुले छिट्टै आर्थिक उपार्जन गर्ने नाममा मानव निर्मित विभिन्न रसायनहरुका कारण विश्वमा बढेको तापमानको प्रभाव दिनप्रतिदिन बढ्दै गएको छ ।
तापक्रमको बृर्दी स“गै ब्याकहोलमा समेत छिद्रहरु देखिन थालेपछि यसले प्रत्यक्ष मानव जीवनमा विभिन्न असरहरु देखिएका छन् ।
यो स“गै देखिएको जलबायु परिबर्तनले मानव जीवनका हरेक गतिविधीहरुमा समेत असर देखिन थालेको छ । गर्मिमा याममा निकै धेरै गर्मि हुने र चिसोमा निकै धेरै चिसो हुने । मौसम प्रतिकुल भएकै कारण असिना बर्षात हुने यस्ता समस्याहरुले पहाडी जिल्लाहरुमा उत्पादनमा समस्या देखिएको छ । जिल्लाका अधिका“स भू भागहरुमा खाद्यान्न उत्पादनमा समस्या परिरहेको छ । भित्राउन लागेको बालिमा एक्कासी असिना आउने, हिउ“ जम्ने हिमालहरुमा समयमै हिउ“ नदेखिने त कहिले ढीलो सम्म हिउ“ रहिरहने यस्ता समस्याहरुले दैलेखमा जलवायु परिवर्तनको असर देखिन थालेको छ ।
जलवायु परिवर्तनको नाममा लाखौं रकम जिल्लामा भित्रिएको छ । त्यसको सहि सदुपयोग हुनुपर्ने आवश्यकता देखिएका बेला केवल कागजमा मात्रै परिवर्तन हुने हो कि भन्ने आशंका समेत त्यतीकै देखिएको छ ।
यसवाट प्रत्यक्ष्ँ रुपमा प्रभावीत भएकाहरुको स्तर उन्नती र आगमी दिनहरुमा हुने अरु समस्याहरुबाट बचाउन तर्फ नया“ अभियान थालौं न की ? जलवायु परिवर्तनको नारा बोकेर आफ्नो व्यक्तिगत स्तर परिवर्तन बन्द गरौं । ं








