वर्षातको समयमा वस्तीनै डुबानमा परेपछि पाल टागेर जिवन गुजार गर्दै आएका तल्लोडुगेश्रका बादी वस्तीमा आजभोली केही खुशिका दिन आएको जस्तो भएको छ । अहिले उनिहरुका पक्की खालका घरहरु बन्न थालेका छन् ।
चालु आर्थिक वर्ष भित्रै जनता आवास कार्यक्रम अन्र्तगत त्यहाका २३ घर वादी समुदायलाई घर निर्माण गरिसक्नु पर्ने योजनाअनुसार अहिले धमाधम घरहरु निर्माणधिनमा रहेका छन् । चिटिक्क परेको नया घरमा बस्न पाउने भएपछि उनिहरुमा खुशिका रेखा देखिन थालेका हुन ।
सरकारी तथा गैरसरकारी निकायको ३३ लाख रुपैंया सहयोगमा वादी परिवारहरुले आफै ब्लग निर्माण गेरेर २ कोठे भवन र ट्वाईलेट बाथरुम समेतको घरहरु निमाण हुने भएका छन् । जनता आवास कार्यक्रम अन्र्तगत १० र कारितास नेपालको सहयोगमा १३ गरी २३ घर निर्माण गर्न लागिएको हो ।
यसरी उनिहरुलाई घर मात्र निमार्ण गरिदिएर उनिहरुको जिवनस्तर सुधार हुन सक्दैन उनिहरुको शिक्षा स्वास्थ्य तथा आधारभुत आवश्कता समेत राज्यले पुरा गरिदिनुपर्ने देखिन्छ ।








