आजको अवस्थामा धेरै परिवर्तनहरु भएका छन् । मानिसको सोच, विचार समेतलाई स्थानीय संचार माध्यामहरुले परिवर्तन गर्न सफल भएका छन् । पूर्वाधार बिनाको सुरुवाती, सानो बजार, अशिमित आवश्यकताहरु यस्ता सवै कुराको चिरफार गरेर पत्रिका प्रकाशन गर्दा सँधै जसो घाटा मात्रै हुने यस्ता दुर्गम बस्तिहरुमा हाम्रो प्रकाशन जेनतेन चलेकै छ । बास्तवीकता र धरातल नबुझेर ओकेल्ने प्रवृतीसँग समेत जुधेर प्रकाशनले आफ्नो सातौं बर्षमा प्रबेश गरेका छ ।
दैलेखको संचारको बिकासमा आफ्नो श्रम र मूल्यको अवमूल्यन गर्दै दैलेखी आवाज बिहीनहरुको आवाज बन्न सफल भएको यो धमाका पत्रिकामा सुरुवातीका दिन देखिनै दैलेखी यूवा पत्रकारहरुको निकै ठूलो श्रम र पसिना बगेको छ सवै सम्मानका पात्रहरु हुनुहुन्छ । हामीमा अझैं आफ्नो श्रम र पसिनाको अवमूल्यन गर्ने जाँगर छ त्यसैले पत्रिका निरन्तर चलाएका छौ ।
दुर्गम जिल्ला, विभिन्न प्राविधिक कठिनाई, ठूला उद्योगहरुको अभाव हुदा हुदैपनि हाम्रो उत्साहमा एक ईट्टा थपेर हामीलाई सहि मार्गमा हिड्न अभिप्रेरित गर्ने आम दैलेखबासीको निरन्तर उत्साहले हामिले छैठौं बर्ष पार गरेका हौँ ।
सातौं बर्ष प्रवेशको यो यात्रासँगै हामीलाई मायाँ, ममता तथा सहानुभूती प्रकट गर्नुहुने आदरणीय पाठक वर्ग, शुभचिन्तक एवं विज्ञापनदाता बाट आगामी दिनहरुमा पनि सहयोग र हौसला मिल्ने आशा लिएका छौं ।
आफ्नो सस्था र संगठन भित्रका संचारकर्मीहरुले पत्रकारितालाई मर्यादित बनाउन लाग्नु पर्दछ । नत्र दैलेखका युवा संचारकर्मीको जोस जागर लस हुने छ । हामीले पत्रकारितालाई मर्यादित बनाउन सकयौ भने हाम्रो पछि आउने पुस्ताले समेत त्यसको गुण गाउने छन । ब्यबसायिक र ब्यबस्थीत अनि मर्यादित पत्रकारिता गर्न सबैको सुबुद्धि आउस भन्ने शुभकामना दिन चाहान्छौ ।








