बिद्येयक चर्चा र व्यथा

जतीवेला चरम द्धन्द्ध चलेको थियो ।   नागरिकहरु दुई ढुँङ्गाको तरुल बन्न बाध्य थिए । कतिवेला सेनाले आयर घरमा घेरा हाल्ने हो भन्ने चिन्ता एकातिर थियो भने अर्कोतर्फ कतिवेला माओवादीहरु आएर    अपहरण वा हत्या गर्नेहुन् भन्ने चिन्तामा नागरिकहरुले दशौं बर्ष विताउन बाध्य भए ।
गल्ति एउटाको मात्र देखिदैन् । द्धन्द्धको नाममा नागरिकलाई सुरक्षा दिनेहरुले नै गम्भिर प्रकृतिका अपराधहरु गरेका छन् जसको अन्तिम बिकल्प कानुनी उपचार नै हो । त्यस्तै माओवादीका कार्यकर्ताहरुले गरेका अपराधहरु पनि गम्भिर प्रकृतिका छन् । दुवै कुराको समायोजन गरेर अगाडी बढाउनुपर्ने नेपालको राजनीति अवस्था एकातिर छ भने अर्कोतर्m विगतदेखि गम्भिर प्रकृतिका घटनामा परेका पीडित परिवारहरुको मागलाई समेत सम्बोधन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
कानुन र विद्येयक भन्ने कुरा जतीवेला शान्ति प्रक्रिया सँगै सम्झौता गरिएको थियो त्यही अवस्थामा मुद्धाहरुको टुगो लगाउन नसकेका कारण आज हरेक नेताहरुलाई यो समस्या बिकराल बन्दै जाने खतरा उत्पन्न भएको छ ।
चाहे जे होस् । घटनाहरुका बारेमा गहिरो खोज  र अनुसंन्धान गरि कार्वाही गर्नुपर्ने प्रकृतिका घटनाहरुका बारेमा जो कोहीले पनि साथ दिनुपर्ने देखिन्छ नत्र अर्को द्धन्द्धको नाममा अनाहकमै मानिसहरुको हत्या, बलात्कार, अपहरण र लुटपाट हुने प्रचलनको बिकास नहोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार