महासंघको चुनाव र चर्चा

नेपालका १० हजार पत्रकारहरुको छाता संगठन मानिएको नेपाल पत्रकार महासंघको चुनावको मिति नजिकिदै गर्दा विभिन्न चर्चा र परिचर्चाहरु हुन थालेका छन् ।
राज्यले चौथौं अंगको सम्मान दिएको नेपालको पत्रकारितालाई मर्यादित बनाउन केन्द्रिय स्तरदेखि विभिन्न दुर्गम स्थानहरु सम्म धेरै मेहनत गर्नुपर्ने देखिएको छ ।
मोफसलमा रहेका पत्रकारहरुको सुरक्षा देखि उनीहरुका समस्याहरुका बारेमा समेत नेपाल पत्रकार महासंघले आफ्नो      जिम्मेवारी र दायित्वलाई अँझै धेरै महत्वका साथ अगाडी बढाउनुपर्ने देखिएको छ ।
दुर्गममा प्रकाशन र प्रसारण हुने संचार संस्थाहरुका बारेमा समेत पत्रकार महासंघले आगामी दिनहरुमा ठोस नीति बनाउनुपर्ने देखिएको छ । नेपाल पत्रकार महासंघको निकै धेरै लामो ईतिहाँसलाई तोड्दै प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघको संयुक्त गठबन्धनले यस अघिको चुनाव जीतेको      थियो । अहिले पनि त्यही अवस्था कायम राख्नका लागि दुवैको गठबन्धन भएको छ । यसअघि चुनावमा पराजीत भएका पोषण केसीले प्रेस यूनियनको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । चुनावी चर्चा सँगै पत्रकार महासंघलाई कस्तो बनाउने भन्नेमा समेत चर्चा र परिचर्चा चलेको देखिन्छ । अर्कोतर्फ महासंघ समावेशी नभएको भन्दै समावेसी सहित विधान संशोधनको चर्चा समेत निकै धेरै चलेको देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार