व्यक्ति कोही पनि खराव हुन मन गर्दैन् । व्यक्तिले पाएको पदको दुरुपायोग गर्ने कतिपयको नियतमै भर पर्ने गर्दछ भने कतिपय पक्रिया र कानुनी कुराहरु नबुझेकै कारण पनि समस्यामा पर्ने गर्दछन् ।
पछिल्ला दिनहरुमा नेपालभरी निकै समस्याका रुपमा रहेको सुशासन पालनाबारे बेला बेलामा निकै चर्का वहसहरु पनि चलिरहेका छन् ।
सुशासन भनेको नै राज्यको निकै असल प्रतिष्ठित शासन प्रर्णाली हो । हरेक देशको प्रगतीको लागि कुनै राज्य संचालन गर्ने निकायले मात्र यसको पालना गरेर हुने वाला छैन । राज्यका सवै निकायहरु कार्यापालिका, व्यवस्थापिका र न्यायपालिकालेनै यसवारे गम्भिर चासो र चिन्ता व्यक्त गर्दै नीति कार्यान्वयनमा नलागे सम्म कुनै पनि मुलुक उभो गतिमा पुग्नेवाला छैन् । झन नेपालजस्तो अल्पविकसीत मुलुकका हरेक नागरिकहरुका लागि यो निकै अवश्यक हो तर पहिलो पटक नीति निर्माता र कार्यान्वयन गर्ने निकायहरुले मात्रै यसको पालना गर्नसके विकास गतिविधीले निकै राम्रो फड्को मार्ने देखिन्छ । त्यसैले नेपालको दुर्गम जिल्ला दैलेखमा सुशासन निकै अपरिहार्य छ यसको कार्यान्वयन झनै महत्वपुर्ण कुरा हो ।








