सँधै एउटै होस् मुस्कान

मुस्कान शब्दमै संगित छ । शब्दमै धुन छ । शब्दमै मिठास छ । नेपाल प्रहरीले सुरु गरेको मुस्कान सहितको सेवा दिने अभियान केवल प्रहरीलाई मात्र हैन् । मुस्कानको आवश्यकता सवैलाई छ । तपाँई कसैसँग निकै रिसायको अवस्थामा हुनुहुन्छ तपाँईको अगाडी उक्त व्यक्ति आयो मुसुक्क मुस्कुरायो भने तपाँईको ५० प्रतिशत रिस शान्त भएर जान्छ ।
बाहिर हाँस्ने र भित्र कैची काट्नेहरुको       आवरणमा देखिएको मुस्कानको भने भाव आफैले बुझ्नुपर्दछ । त्यस्तो मुस्कान दिनेहरु र हरकत गर्नेहरुको आफ्नै भाविष्य अन्धकार देखिएको छ । यो धुव्रसत्य कुरा हो । अर्काको राम्रो कामको अपब्याख्या गरेर चौक चाहार्नेहरुको मुस्कानमा भने कुनै दम हुँदैन् ।
सबै कुरालाई ख्याल गर्दै राम्रो सोचेर दिएको मुस्कानले अवस्यपनि सेवा ग्राहि, साथि, ईष्ट मित्र, भाई बन्धु सवैकालागि राम्रो सन्देश हुनेछ ।
जिल्लाभरका प्रहरीहरुलाई दिईने यो तालिम जिल्लामा कार्यरत सरकारी निकायका सवै कर्मचारीहरुलाई समेत आवश्यक देखिएको छ ।
दुई दिन पैदल हिडेर सदरमुकाम कामका लागि आएका सेवाग्रहिलाई मुस्कान त ? परै जाओस्  सजिलै काम सम्पन्न नगर्ने परिपाटीको बिकासले सेवाग्राहिहरु सँधै मर्कामा पर्ने गरेका छन् ।
सेवाग्राहिले नजानेको काम सिकाउनुको साटो उल्टै धम्क्याउने प्रवृतिको अन्त्य जवसम्म हुँदैन तवसम्म मुस्कानको कुरा उठाउनु बेकार हुन जान्छ । खैर मुस्कान मुस्काननै हो । कामै नभएपनि मुस्कान दिएर मिठास सैलिमा भनेको कुरामा भने पक्कै पनि आत्मियता गाँसिएको हुन्छ । त्यसैले मुस्कान सहित सेवा दिने बानीको बिकास गरौं सँधै एउटै मुस्कानको सुरुवात गरौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार