नारायण नगरपालिका दैलेखको सदरमुकाम भित्र रहेको सवारी चापले नगरवासिहरुलाई मात्र हैन् । सदरमुकाम आवत जावत गर्नेहरुका लागि पनि निकै समस्या बन्न थालेको छ । सवारी चाप कम गर्नका लागि वेला वेलामा चर्को बहस हुने गरेको भएपनि यसको ठोस उपलब्धि भने हुन सकेको छैन् ।
नगरभित्र देखिएको अर्को समस्या फोहोर व्यवस्थापन हो । फोहोर व्यवस्थापनका लागि विगतदेखि निकै राम्रा प्रयासहरुको सुरुवात गरिएको भनिन्छ त्यसले अँझै ठोस उपलब्धि हाँसिल गर्न सकेको छैन् ।
गर्मीयाममा यसवाट पर्ने असरहरुको जिम्मेवारी आम नगरिक भित्र पनि पर्ने गरेको छ । आफ्नो अगाडीको फोहोर नालिमा फ्याक्ने प्रचलनका कारण स्थानीयहरु आफै समस्यामा पर्ने गरेका छन् । घरमा जम्मा भएको फोहोर व्यवस्थापन गर्नका लागि स्वयं नगरका बासिन्दाहरुले जागरुकता देखाउनुपर्ने जरुरी देखिन्छ । बोरामा जम्मा गरेर राखेको खण्डमा नगरपालिकाले त्यसको व्यस्थापन गर्न सजिलो हुने देखिन्छ ।
फोहोर उठाउन नगरपालिकाले प्रयोग गर्ने सवारी साधनले पनि निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको छ ।
नगरपालिकालाई सुन्दर बनाउनका लागि आम नगर भित्र बसोवास गर्ने नागरिकहरुले महत्व दिनुपर्ने आवश्यकता सँगै नगरपालिकाले पनि यसवारे उचित चासो र चिन्ता व्यक्त गर्ने मात्रै भन्दापनि उलपब्धिमुलक काम गर्नतर्फ अग्रसर हुनुपर्ने देखिएको छ । नगरभित्रका नागरिक र नगरपालिकाले संयुक्त अभियानमा साथ दिनुपर्ने देखिन्छ ।








