प्रधानमन्त्री शुसील कोईराला बिरामी परेका छन् । उनलाई क्यान्सरको संभावना भएको भन्दै उपचार सुरु गरिएको छ । संविधान जसरी भएपनि जारी गरेर नेपाल र नेपालीहरुलाई यसपटक धोका नदिने प्रतिबद्धता जनाएका प्रधानमन्त्री कोईराला बिरामी भएपछि नेपाली राजनीतिले सुरु गरेको संविधान निर्माणको काम लगायतका अन्य विषयहरुमा समस्या उत्पन्न हुनसक्ने देखिएको छ । उपप्रधानमन्त्री बामदेव गौतमले कार्यवाहक प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका छन् । राजनीतिमा सवैको स्वास्थ्य ठिक भएपछि मात्र देश र जनताले चाहेको संविधान निर्माण गर्न सक्ने संभावना देखिन्छ । कुर्ची मोहमा जनताको भावनालाई कदर गर्न नसकेका मुलुकका दलहरुले पछिल्लो संविधान सभाको चुनावलाई संविधान जारी गर्ने प्रमुख मुद्धाको रुपमा उठाएको भएपनि यसले अँझै मुर्त रुप लिन सकेको देखिदैन् । यसका लागि सत्ता बाहिर रहेका दलहरु र सत्ता भित्रका दलहरुवीचको दुरी कम गर्दै अँझै सकेजत्ती छलफल र वहस गर्नुपर्ने देखिएको छ । जवसम्म कुर्ची मोहलाई त्याग गरेर जनताको अपेक्षा र चाहनाको बारेमा दलहरु गम्भिर हुन सक्दैनन् तबसम्म समस्या समाधान हुन सक्ने अवस्था देखिएको छैन् । कामना गरौं प्रधानमन्त्री देखिका सवै शिर्ष नेताहरुको स्वास्थ्य लाभ होस् । जनतहरुले चाहेको संविधान निर्माणतर्फ सबैको ध्यान जाने बातावरणको सृजना होस् । यही शुभकामना सँगै स्वास्थ्य लाभको कामना ।








