दैलेख जिल्लाको निकै राम्रो भविष्य र सुन्दर परिकल्पना भित्रको दृश्य हो पर्यटन । भोलीका दिनहरुमा जिल्लामा पर्यटकहरुको घुँईचो लागेको खण्डमा प्रमुख रुपमा जिल्लाका होटल व्यवसायीहरुले यसबाट प्रत्यक्ष फाईदा लिने अवस्था आउँछ । जिल्लाको आम्दानी बृद्धि हुन्छ । स्थानीय स्तरमा रोजगारीको सृजना हुन्छ । जिल्लाको मुहार परिवर्तन हुन्छ । यस्ता कुराहरु सामान्य कुरा हुन् यस वाहेकका अन्य धेरै फाईदाहरु प्रत्यक्ष या अप्रत्यक्ष रुपमा जिल्ला र यहाँ वस्ने आम नागरिकहरुले पाउने छन् ।
सुरुवातीका दिनदेखि सवैले बोल्ने एउटै भषा छ जिल्लाको पर्यटन बिकासमा जोड दिनुपर्दछ । पछिल्ला दिनहरुमा हेर्दा जिल्लाको पर्यटन प्रर्बद्धन गर्न कुनै खास व्यक्तिले मात्रै जिम्मा पाएझै भएको छ । दैलेख जन्मेर दैलेखको मायाँ गर्दै काठमाण्डौं बस्ने दुई चार जना व्यक्तिहरुले मात्र दैलेखको पर्यटन विकासमा दिलो ज्यान दिईरहने तर भोलिका दिनहरुमा प्रत्यक्ष फाईदा लिने जिल्लावासीहरु किन तातीन सकेका छैनन् । यो बिडम्वनाको कुरा बनेको छ ।
पर्यटन विकास सवै जिल्लावासीहरुको साझा मुद्धा हो यसलाई सवैले बिकासका लागि एक –एक कदम अगाडी बढाउनुपर्ने देखिन्छ । भरत बन्दु थापा, विश्व केसीले मात्रै गरिदेलान र हामी पछि फाईदा लिउँला भन्नु मर्खता बाहेक केही हुँदैन् उहाँहरुसँग भएका ज्ञान र सिपको प्रयोग गर्दै जिल्लामा रहेका स्थानीय निकाय, उद्योग बाणिज्य संघ, अन्य विभिन्न निकायहरुले हातेमालो गरेर अगाडी नबढेसम्म दैलेखको पर्यटन कस्तुरीले बीना खोज्दै दौडने बाहेक अरु केही हुनेवाला छैन् ।








