पर्यटन बिकासका लागी सवैको एकमत हुनु आवश्यक

दैलेख पर्यटन बिकासको संभावना भएको जिल्लाको रुपमा परिचित जिल्ला हो । जिल्लामा रहेका ऐतिहाँसिक, धार्मिक, साँस्कृतिक क्षेत्रमा प्रभाव राख्ने विभिन्न मठ मन्दिर, पार्टी पौवा , पुराना भौतीक पुर्वाधार लगायतका ऐतिहाँसिक महत्वका बस्तुहरु जिल्लामा रहेका छन् ।
उचित संरक्षण र प्रचार प्रसारको अभावका कारण यस्ता बस्तुहरु दिनप्रतिदिन लोप हुँदै गएका छन् । जिल्लाको पर्यटन बिकास लागि जिल्लामा बर्षेनी लाखौं रकम आउँछ तर त्यसको सहि सदुपयोग भयो वा भएन भन्नेमा कसैले चासो दिने ठाउँ देखिदैन् । यसका लागि सम्वन्धित नागरिकहरुले नै चासो बढाउनुपर्ने देखिएको छ ।
उद्योग बाणिज्य संघले जिल्लाको पर्यटन विकासको लागि जिल्लास्तरीय छलफल     सँगै काठमाण्डौंमा फोटो प्रर्दशनीको तयारी गरेको छ । यसले पनि जिल्लाको पर्यटन प्रर्वद्धनमा केही हदसम्म सहयोग पुग्ने देखिएको छ । जिल्लाको समग्र पर्यटन बिकासका लागि जिल्लाका सवै व्यपारीहरु, होटल व्यवसायीहरु र अन्य निकायका सवैको एकमत हुनुपर्ने देखिन्छ ।
केही समय अघि सकिएको दैलेख उद्योग बाणिज्य संघको चुनावको तिक्कतालाई अन्त्य गरि राम्रो र हाम्रो दैलेख बनाउन सवै क्षेत्र तह र तप्काबाट सहयोग हुनुपर्ने देखिएको छ ।
जिल्लाको पर्यटनलाई चिनाउन सकेनौ, मध्यपहाडी राजमार्ग दैलेख सदरमुकाबाट लिन सकेनौ र दैलेख महावु हुँदै जुम्ला सडक जोड्न सकेनौ भने दैलेखका व्यापारिहरुको अस्तित्वनै हराएर जानेमा दुईमत देखिदैन्  । यि सवै    कुराहरुमा सवैको एकमत हुनु आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार