नेपालमा दश बर्षे जनयुद्ध पछिका विभिन्न अवस्थाहरुलाई मध्यनजर गर्ने हो भने केही हदसम्म सफलता पाएको भएपनि यसले पुर्ण शान्ति र समृद्धिका बाटाहरुमा अ“झै विभिन्न खाले अवरोधहरु आईरहेका छन् ।
एक्कासी आएको धर्मनिरपेक्षता र संघियताका विभिन्न मुद्धाहरुका कारण नेपालको राष्ट्रियता दिनप्रतिदिन धरासाई हु“दै गएको देखिन्छ । सत्तामा चढ्ने र सत्तामा पुग्ने विभिन्न बाहानाबाजीहरुमा नेपालका शिर्ष नेताहरु फस्दै गएका छन् । विभिन्न खाले सन्धि र सम्झौताहरु मा एकपछि अर्को गर्दै नेताहरु चुकिरहेका छन् जसले नेपालको राष्ट्रियतालाई दिनप्रतिदिन कमजोर बनाउ“दै गएको छ ।
नेपालमा स“धै अशान्ति फैलाउने विभिन्न खालका खेलहरु भैरहेका कारण यहा“का प्राकृतिक स्रोत र साधनहरुको समुचित प्रयोग हुन सकेको छैन् जसका कारण आर्थिक अवस्थामा समेत नेपाल पछाडी पर्दै गएको छ ।
शान्ति र समृद्धिका लागि मानव मूल्य नामक संस्थाले विश्व रेकर्ड कायम गर्ने उद्देश्यले काठमाण्डौको टु“डिखेलमा करिब ३५ हजार मानिसलाई उपस्थित गराएर विश्वकै सबै भन्दा ठूलो झण्डा बनाउने प्रयास गरेको छ ।
यसले नेपाल र नेपालीहरुको गौरवलाई विश्वमाझ पु¥याएको छ । रातो, निलो र सेतो रंगको कागजको प्ले कार्ड टाउकामा राखी झण्डा आकारमा जम्मा गराई बनाईएको नेपालको झण्डाले नेपालको राष्ट्रियतालाई समेत सबैमाझ झल्काएको छ ।
धर्म र जातका नाउ“मा विऊ रोपेर नेपाल र नेपालीहरुको विगतदेखिको गौरवलाई धुलोमा मिलाउने प्रयत्नहरु भैरहेका वेला नेपालको राष्ट्रिय झण्डालाई विश्वमाझ चिनाउनका लागि गरिएको सकारात्मक प्रयासले पक्कै पनि हामी नेपाली हौं भनेर गौरव गर्ने दिनको सुरुवात भएको छ ।








