सहमतिको सम्भावना दिन प्रतिदिन घटदै गएको समयमा ६ वर्षदेखि कायम रहेको संघीयता, शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीमा विगतको अडान कायमै रहेकाले दलहरु विच सहमति हुन्छ भनेर पत्याउने आधार पटक्कै छैन । तर, सहमति नहोला भन्न पनि सकिन्न । आम जनता दलका नेताहरुको रबैया देखेर वाक्कदिक्क भैसकेका छन् तापनि नेताहरुमा सहमति नभए विकल्प खोज्नुपर्छ भन्ने चेतना अझै सम्म पनि आउन सकेको छैन ।
सहमति गरेर संविधान जारी गर्नसके त्यो मुलुकका लागि अत्यन्त सुखद् क्षण हो तर सहमति हुनै नसके कति समय मात्र तन्काइरहने र मुलुकलाई अनिर्णयको बन्दी बनाउँदै जाने भन्ने प्रश्नको उत्तर नेताहरुले दिनुपर्छ । नेपालका राजनैतिक दलहरुदलीय स्वार्थ र अडान अनुसार आफ्ना प्रायोजित धारणा प्रवाह गरिरहेकाले मुलुकको भावी राजनीतिक दिशाका बारेमा यसै भन्न सकिने स्थिति छैन ।








