नेपालको निकै सस्तो र लोकप्रिय मानिएको माथिल्लो कर्णाली जलबिद्युत परियोजना सम्बन्धि बिभिन्न खाले चर्चा र परिचर्चा भइरहेका छन ।
केन्द्र देखी जिल्ला तहमा त्यसको बिरोध भइरहेको छ । बिरोध हुदा पनि नेपाल सरकार र भारतीय कम्पनी जिएम आर संग पिडिय सम्झौता भइसकेको छ । यस्ता नेपालका राजनेताहरु कोशी, गण्डकी, टनकपुर, पंचेश्वर महाकाली लगाएतका नदिहरु भारतलाई दिएर गुमाएपनि कर्णालीलाई गुम्न सक्ने भन्दै बिभिन्न राजनीतीक पार्टीहरुले आन्दोलन गरेका छन ।
माथिल्लो कर्णाली परियोजना निर्माण हुन नदिने एक पक्षको भनाई र अर्को पक्षले सम्झौता गर्दै हिड्ने प्रबृतिले त्यसलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा असर पारेको नै छ ।
यसका बाबुजुद पनि माथिल्लो कर्णाली परियोजनामा स्थानीय मागलाई सम्बोधन गरेर नेपाली जनताको हितमा बनाउन सक्नु पछर्।








