बिश्वविद्यालय र खख्तियारको आँखा

पछिल्ला केही बर्ष यता अख्तियार दुरुपयोग अनुसंन्धान आयोगका विभिन्न गतिवधिहरुलाई हेर्ने हो भने यसले समाजमा भ्रष्टाचार गर्नेहरुका बारेमा राम्रो ज्ञान दिएको छ । कुनैपनि कार्यहरु नीति र विधि बिपरित गर्न नहुने अहिलेको अवस्थामा अख्तियार दुरुपयोग अनुसंन्धानले त्यस्ता गलत गर्नेहरुको बारेमा खोजी गरि धमाधम कारवाही प्रकृया अगाडी बढाइरहेको छ । यसले पनि देशभर गल्ति गर्नु हुँदो रहेनछ भन्ने गतिलो पाठ सिकाएको छ । केही समय यता विश्वविद्यालय तिर अख्तियारले नगर बढाउँदै गर्दा देशमा प्रागिक मान्छेहरुले समेत गरेका गतल क्रियाकलापहरु एकपछि अर्को गर्दै खुल्न थालेपछि सम्मान गर्ने बौद्धीक सर्कलको समेत अलिकती शिर निहुरिन पुगेको छ ।
मध्यपश्चिम विश्वविद्यालयको तेस्रो सभाले दैलेखको नारायण क्याम्पसलाई आंगिक स्वीकृति दिएको बारे सदरमुकाममा भएको बृहत कार्यक्रममा पनि कतिपय राजनीतिक दलका नेताहरुले यस्तो खाले सुझाव दिएका छन् । शैक्षिक क्षेत्रको आँखा मानिने विश्व विद्यालयहरु र क्याम्पसहरुमा देखिएका समस्या समाधानमा सम्वन्धित निकायहरुले समयमै सचेत भएर लाग्नुपर्ने भनेर आएको सुझावलाई मध्यनजर गर्दै बिश्वविद्यालयहरुमा अख्तियारले लगाएको आँखा कसरी निर्मुल पार्न सकिन्छ भन्नेवारेमा बौद्धीक तहमा पुग्ने शिक्षाप्रेमिहरुले समयमै बुझिदिएको भए आँखा नलाग्ने थियो कि ? आगामी दिनहरुमा सचेत हुनुपर्ने बेला हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार