सार्कको नयाँ सन्देश

नेपालमा १८औ सार्क शिखर सम्मेलन सुरु भएको छ । सार्क राष्ट्रका प्रमुखहरु नेपाल आएका छन् । नेपाल आउने कुरा नेपालको लागि निकै महत्वपुर्ण कुरा हो किनकी कहिल्यै परिवर्तन हुँदैन की भन्ने नेपालको राजधानी काठमाण्डौं एकाएक परिवर्तन भएको छ ।
काठमाण्डौंमा रातारात हरियाली बनेको छ । यसको महत्वपुणै पाटो हो सरकार प्रमुख वा सरकार संचालकहरुले चाहे भने नेपाललाई दश बर्षमा परिवर्तन गर्न सक्छन् ।
काठमाण्डौं परिवर्तन गर्न १५ दिन पनि नलागेको हाम्रो देशका ७५ वटा जिल्लाहरु परिवर्तन गर्न पाँच बर्षनै काफी देखिएको छ । यस्तै अभियानका साथ नेपालका हरेक बिकास गतिविधिहरुमा चासो र चिन्ता व्यक्त गर्ने सरकार भएको भए नेपालको गरिवी र पछौटेपन हराउने अवस्थामा आउने थियो ।
सार्क राष्ट्रमा बढीरहेको आतंकबाद लगायतका विभिन्न बिषयहरुमा सार्क सम्मेलनमा कुरा उठ्ने भएको छ । नेपाल लगायत सार्क   राष्ट्रभरीको खुला व्यापार नीतिका बारेमा पनि सार्कमा छलफल हुने बताईएको छ ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन      (सार्क)को १८ औँ शिखर बैठकले मन्त्रिपरिषद्को ३६ औँ बैठकले पारित गरेको प्रतिवेदनलाई अनुमोदन गर्ने सम्मेलनमा सदस्य राष्ट्रका         परराष्ट्र÷बाह्य मामिलामन्त्री सम्मिलित मन्त्रिपरिषद्ले पारित गरेको प्रतिवेदनलाई अनुमोदन        गरिएको सार्क राष्ट्रहरुका साझा समस्याका     बारेमा बृहत छलफल हुने बताईएको छ । यसले पक्कै पनि नेपाल जस्तो अल्पबिकसीत मुलुकको भाग्य र भविष्य निर्माणमा सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार