संविधान निर्माण जिम्मेवारी सवैको

संविधान निर्माणको जिम्मेवारी पछिल्ला दिनहरुमा कुनै दल बिशेष वर्ग बिशेष र जाती बिशेषका आधारमा गरिन थालिएको भन्दै गरिएका विभिन्न चर्चा परिचर्चाहरुले देशलाई झनै अरोलो बाटोतर्फ धकेल्न थालेको देखिन्छ । संविधान देशको मुल कानुन हो जसमा सवै वर्ग, जात, क्षेत्रको समान दायित्व रहन्छ । नेपाल जस्तो अल्पबिकसित मुलुकमा विभिन्न खाले समस्याहरु पैदा गर्दै नेपालको आर्थिक लगायतका अन्य उन्नतीहरु नचाहने कतिपय राष्ट्रहरुका कारण अहिले पनि संविधान वन्न नसक्ने खतरा उत्पन्न भएको देखिन्छ । नेपालको आन्तरिक मामिलाका      बारेमा तत्काल निर्णय गर्न सक्ने क्षेमता हाम्रा नेताहरुसँग नभएका कारण बिदेसी प्रभुहरुको ईशरा र उनीहरुको आर्शिवादमै लाग्नुपर्ने बाध्यता कहिले अन्त्य हुने हो त्यो भने हेर्न बाँकी नै छ ।
मुख्य कुरा संविधान निर्माणका लागि दिनहरु नजिकीदै गर्दा दलहरुवीचको बढीरहेको   दुरीले पक्कै पनि नेपाल र नेपालीहरुको भाग्य पुनः अन्धकारतर्फ धकेल्न सक्ने खतरा उत्पन्न भएको छ ।
संविधानका अन्तरबस्तुमा रहेका विवाद सुल्झाउनका लागि शीर्ष नेताहरुले केही दिन समय माग गरेका छन् नेताहरुका अभिब्यक्तिहरुले अँझै पनि सहमती हुने संकेत देखिदैन् । संविधानका महत्वपुर्ण कुनै बिषयहरुलाई आगामी दिनहरुमा अवलम्बन गरिने प्रक्रियाहरुतर्फ जोड दिदै सहमती भएका बिषयहरुलाई संविधानमा उल्लेख गरेर भएपनि यसपाली तोकिएकै समयमा संबिधान जारी गर्नका लागि सबैको जिम्मेवारी उत्तीकै महत्वपुर्ण हुने देखिन्छ  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार