न्यायको आश

राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा निकै चर्चा कमाएको दैलेखका पत्रकार   डेकेन्द्रराज थापाको हत्या प्रकरणको २० महिनादेखि जिल्ला अदालत दैलेखमा    विचाराधिन  मुद्दाको फैसला आज हुने भएको छ ।
न्यायको लागि देशभरका पत्रकार र नागरिक समाजहरुले गरेको आन्दोलनको उपलब्धिका रुपमा हत्यामा अभियोग लागेकाहरु केही महिनादेखि थुनामा रहेका छन् । ९ जनामध्ये पाँच जना थुनिएका र चार जना अँझै फरार रहेको भएपनि थुनामा रहेको पाँचलाई सर्वोच्चले तारेकमा छोडिसकेको छ बाँकी थुनामा रहेका तीन जनाको फैसला आज हुँदैछ ।
डेकेन्द्र मुद्दामा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन आकर्षण हुने वा नहुने, यदि हुन्छ भने त्यसको कानुनी मतलब र         परिणाम के हुने ? एकै परिस्थिति र प्रकृतिका मुद्दाहरुमा फरक–फरक कानुनी व्यवस्था लागू हुने अवस्था रहन सक्छ वा सक्दैन् ? मुद्दामा प्रतिवादीहरुको के–कस्तो संलग्नता रहेको छ ? निजहरु उपर कस्तो व्यवहार हुनुपर्ने हो ? भन्ने सम्बन्धमा कानुन व्यवसायीले बहस सकेका छन् । विगतदेखि सर्वोच्च अदालतले न्याय दिदै आएको दैलेखका डेकेन्द्र थापाको प्रकरण सँगै न्यायको लागि लडेका परिवार र आम पत्रकारहरु अहिलेपनि न्याय पाउने आशामा बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार