सफल हुन्छ त अभियान

दैलेख जिल्लालाइ खुलादिसामुक्त जिल्ला घोषणा गर्ने अभियानको मिति नजिकिदै      गरेको छ । तोकिएकै समयमा अभियान सफल पार्न यतीवेला सिंगो जिल्लानै लागि परेको    छ । कारण के भने सबैले साझा प्रतिबद्धता जनाएर अभियान सफल पार्ने बताएको भएपनि कतिपय गाविसमा देखिएको       लाचारीपन र लापरवाहीले अभियान सम्पन्न नहुने हो की ? भन्ने चिन्ता बढाएको छ ।
गरिवी र बिपन्न वर्गका हरुलाई अनुदान दिएर भएपनि सौचालय बनाउने अभियान थालेको डि.वास.सी.सी.ले दिएको सिमेन्ट, पिन समेतको प्रयोग नगरेर सौचालय नवनाउनेहरुलाई कडा कारर्वाही गरिने भन्दै नगरपालिका र गाविसका सचिवहरुले अहिले घरदैलो अभियानलाई तीब्रता दिएका छन् ।              “ जव प¥यो राती तब बुढी ताती ” भनेझै उखान भएको दैलेख जिल्ला खुलादिसामुक्त अभियान तोकिएकै समयमा सम्पन्न हुन नसके जिल्लाका राजनीतिक दलहरुलाई त समस्या छँदै छ , कार्यालय प्रमुखहरु र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायबाट सहयोग ल्याएर अभियान थालेका गैर सरकारी संघ संस्थाहरुलाई समेत यसले झनै समस्या उत्पन्न गर्ने देखिन्छ अभियानको जिम्मेवारी लिएकाहरुले समयमै चनाखो नभएका कारण अँझै समस्या उत्पन्न भएको देखिएको छ ।   अभियान सफल पार्नका लागि देखिएका चुनौती पार गर्दै जिल्लालाई खुला दिसामुक्ता गाविस घोषणा गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता हो यसका लागि सवै तह, तप्का, वर्ग, जाती र क्षेत्रमा रहेकाहरुले सामुहिक प्रतिबद्धता व्यक्त गर्दै अभियान सफल पार्नुपर्ने देखिएको छ ।
सौचालय बनाउन नसकेर अभियान असफल भयो भन्ने खवर आउने बित्तिकै यसले पक्कै पनि जिल्लाको नकारात्मक सन्देश जाने छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार