सामुदायिक वनको लगानीमा अँझै पारदर्शीता जरुरी

जिल्लामा सामुदायिक बनहरुले गरेका विभिन्न गतिविधीहरुका कारण वन संरक्षणमा केही सहजता पैदा भएको छ । जिल्लाभरका सामुदायिक वनमा रहेका विभिन्न समितिहरु र उपभोग गर्ने गरिव र विपन्न उपभोक्ताहरुको जीवनस्तर सुधार गर्नका लागि दुई बर्ष अघि सामुदायिक वन उपभोक्ता महासंघ अन्तरगत करोडौं रकम सामुदायिक वनहरुमा बाँडीएको छ ।
तत्कालिन समयमा समेत सामुदायिक वनका केही स्थानहरुमा एक सिजन कुरीलो लगायतका विभिन्न जडीबुटीहरु लगाउँदै स्थानीय र राष्ट्रिय संचार माध्यामहरुमा चर्चा कमाएका सामुदायिक वनहरुमा अहिले वहु      सरोकार नामको अर्को संस्थाको लागनीले चर्चा कमाउन थालेको छ । परियोजना रहुन्जेल र परियोजनाले लगानी गरुन्जेल मात्र चर्चा आउने सामुदायिक वनहरुको प्रगतीको वारेमा अव गहिरो अध्ययन र अनुसंन्धान गर्नुपर्ने देखिएको छ । सामुदायिक वनहरुमा मात्र हैन् हरेक क्षेत्रहरुमा लगानी गरिएका रकमहरुको सहि सदुपयोग हुन नसकेका कारण जिल्लाको बिकासले फड्को मार्न सकेको छैन् । यसका लागि स्थानीय उपभोक्ताहरु र लगानीकर्ताहरुको तालमेल नमिलेका कारण हो वा अन्य कमिशनका कारण हो सो को खोजी गर्नुपर्ने बेला पनि आएको छ । पछिल्ला दिनहरुमा सामुदायिक बनहरुमा भएका अनियन्त्रित काठ चोरी निकासी, खोटो संकलन लगायतका कामहरुमा समितिका सिमित व्यक्तिहरुको मिलोमतो समेत देखिएको छ । यो सँगै सामुदायिक बनहरुमा लगानी गरेर बातावरणीय प्रदुषण न्यूनिकरणका लागि भन्दै करोडौं रकम जिल्लामा विगत दुइ बर्ष देखि खर्च गर्दै आएको बहुसरोकार वन कार्यक्रमले पनि आफ्ना कामहरुलाई पारदर्शी रुपमा अगाडी बढाउनुपर्ने देखिएको छ । परियोजना रहुन्जेल मात्र कार्यक्रमको क्रियाकलापहरु रहने र सकिएको छ महिनाभित्र सवै सकिने प्रवृति अन्त्यका लागि आम सचेत नागरिकहरुले बेलैमा खवरदारी दिनुपर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार