राउटेको समस्या कि ? सँस्कृती

भाषा, सँस्कृति, धर्म र परम्परा समाजको महत्वपुर्ण पाटो हो । विगतमा यहि कानुनको रुपमा अगाडी बढेको थियो । जंगली युगमा समाजकै निर्णय कानुन बन्थ्यो । फिरन्ते समुदाय राउटेमा पनि यही धर्म, सँस्कृति र परम्परा रहेको छ ।
यो समुदायमा न प्रहरी नै छ न त कानुन नै छ । मुखिया राउटेले भने हाम्रो कानुन भनेको समाज हो बोली हो । यही परम्परामा रहेका राउटे समुदायको फिरन्ते जीवनबारे धेरैले धेरै प्रकारका टिप्पणी समेत गरेको पाइन्छ तर मुख्य कुरा राउटे समुदायका समस्या भन्न रुचाउने हाम्रो समाजले त्यो त सँस्कृति पो हो, जुन लोप हुँदै छ त्यसको संरक्षण सहि तरिकाले गर्नुपर्ने भन्नेतर्फ सोच गर्न सकेको भए अँझै धरै कुरा सिकाइका बिषयबस्तुहरु हुन सक्ने थिए ।
“मैथै लुगा मैथै जाडो, नयाँ लुगा नयाँ जाडो, छैन लुगा छैन् जाडो ।” लुगा नै छैन् भने जाडो नै हुँदैन् । चिसोमा कष्टकर जीवन बिताउन बाध्य राउटे समुदायमा यो उखानले पक्कै पनि उनीहरुको शरिमा लगाएका कपडाहरुको बारेमा बिश्लेषण गर्नुपर्ने देखिन्छ ।
जंगल बीचमा छाप्रोमा बस्नु उनिहरुको बाध्यता एकातिर होला तर अर्कोतर्फ उनीहरुका सवै कुराहरुलाई साँस्कृतीको रुपमा बिश्लेषण ग¥यौं भने त्यसबाट राउटे समुदाय कसरी सुरक्षित हुन सक्छन् भन्ने नयाँ सोचको बिकास हुन सक्ने देखिन्छ ।
चिसोमा कम्वल मागेका उनीहरुलाई कम्बल दिनतिर पो लाग्नुप¥यो अन्य कुराहरुको बारेमा सोच किन जरुरी छ  ? उनीहरुको भाषा, धर्मलाइ लिपिबद्ध गर्नतर्फ लाग्नुपर्ने समेत देखिएको छ । यही सँस्कार उनीहरुको भोली नरहेपनि यस्तो थियो भनेर ईतिहाँस राख्ने काम पनि त सँस्कृतिको जगेर्ना भित्र पर्नै हो कि ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार