दुर्घटना भन्ने कुरा नसोचेको र कल्पना नगरेको पनि हुन सक्दो रहेछ । धेरै लामो समयसम्म जिल्ला प्रशासन कार्यालय दैलेखको बलेरो गाडी चलाएका इमान्दार मानिने चालकले सानो बालिका अगाडी आएको देख्दै देखेनन् । परबाट आमा चिच्चाउँदै थिईन तर उनले बालिकालाई ठक्कर दिईहाले बालिका लडिन् कतिपयले बालिकाले त्यही प्राण छोडीसकेको भनेर पनि भनेका थिए । गम्भिर घाइते उनलाई उपचारको लागि तत्कालै जिल्ला स्वास्थ्य कार्यालय पु¥याइयो । अस्पतामा डाक्टर नभएको गुनासो व्यपाक उठ्यो ।
प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुलिले समेत घटनालाई आँखैले हेर्न पाएनन् तर बालिकाको आमा चिच्चाएपछि आफु फर्केर बालिका काखमा च्यापेर आमाले चिच्चाएको दृश्य देखेको भन्दै दयनिय अवस्थाको दृश्य मनमा आइरहेको प्रतिक्रिया दिएका छन् ।
डाक्टरले समयमै उपचार नगरेको जनगुनासो एकातिर छँदै त अर्कोतर्फ आपतकालिन सेवाका लागि जिल्लामा त्यही अनुसारको उपकरणको अभाव लगायतका अन्य अभावहरुलाई पनि सम्वन्धित निकायहरुले महसुस गर्नुपर्ने हो त्यतातिर ध्यान पुग्न नसकेको हो की भन्ने प्रश्न उठीरहँदा डाक्टरलाई मात्र दोष देख्नु राम्रो होई न कि ? तर एउटा मात्र डाक्टर भएपनि जिल्लामा अनिवार्य हुनुपर्ने देखिन्छ । अव बिचारा गर्न जरुरी छ , घटना घट्यो नहुने दुर्घटना भयो तर अव सचेत हुने कि नहुने महत्वपुर्ण प्रश्न यहाँनेर उठेको छ । हरेक मोटरसाइकल, ट्याक्टर, जीप चालकहरुले सदरमुकाम भित्र गति समिति गर्नुपर्छ । सदरमुकाम बासिन्दाहरुले आफ्ना बालबालिकाहरुलाई साँगुरो सडकमा जथाभावी छोड्नु हुँदैन् । हरेक चालक हरुले सवारी साधन राकिएपछि पुनः संचालन गर्दा चारैतर्फ हेरेर मात्र पुनः सवारी साधन चलाउन लागौं अनि कसैले कसैलाई दोष दिनु पर्दैन कि ?








