अव ढिला नगरौ

दैलेख जिल्ला खुलादिसामुक्त जिल्ला घोषणाको अन्तिम तयारीतर्फ आईपुगेको   छ । अभियानका लागेका सबै निकायहरुले आ – आफ्नो क्षेत्रबाट गरेको सहयोगहरुको अन्तिम नजिता निस्कने बेला आएको छ ।
हरेक अभियानहरु संचालन गर्दा जती धेरै सजिलो महसुस हुन्छ त्यती धेरै अफ्ठेरो अन्तिम र निश्कर्षमा पु¥याउँदा हुने गर्दछ । दिसा लुकाउन नजानेर अकालमै मृत्युको मुखमा पर्दै आएका हामी नेपालीहरुले अहिलेसम्म यस्ता अभियानका लागि लाखौं खर्च गर्नुपर्ने बाध्यता रहेको छ ।
जे होस् सरकार यो बिषयमा पनि गम्भिर देखिएको छ । जिल्लामा खानेपानी, सरसफाई र सौचालय निर्माणको अभियान संचालन       भैरहेका बेला अभियानलाई सकेसम्म सवैले साथ दिइ सरकारले सन् २०१७ सम्म नेपाल खुलादिसामुक्त राष्ट्र घोषणाको तयारीमा रहेको छ । यो अभियानमा हामीले पनि साथ दिनको लागि पहिला जिल्ला खुलादिसामुक्त घोषणा हुनुपर्दछ त्यसै अनुरुप दैलेखले पनि अवका ३ दिनभित्र अभियान सम्पन्नका लागि धेरै कुरा गर्नुपर्ने देखिएको छ । तीन दिनभित्र  २ वटा नगरपालिका र ३ वटा गाविस खुलादिसामुक्त हुन बाँकी रहेका छन् । अन्तिम अवस्थामा आएर उपलब्धि गुम्ने खतरा पनि त्यतीकै देखिएको छ । अँझै पनि समय धेरै नभएपनि काम गर्न सके सबै स्थानहरु खुलादिसामुक्त घोषणा गर्न सकिने संभावना        रहेकोले  ढिला नगरिकन सबै जुट्नुपर्ने देखिएको छ । महत्वपुर्ण र चुनौतीका रुपमा रहेको दुल्लू र नारायण नगरपालिका घोषणा सँगै अव जिल्लामा पहिला घोषणा हुने गाविस र स्थानलाई पुरस्कारको व्यवस्था गरिएझै अन्तिम हुने गाविस वा नगरपालिकालाई पनि पुरस्कारको व्यवस्था गर्नुपर्ने हो कि ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार