दलहरुको भविष्य नेपालको राजनिति नेपालका राजनीतिक दलहरुले बेला बेलामा गर्ने गल्तिहरुका कारण आम नेपाल र नेपालीहरुले धोका खाइरहेका छन् । जनताको नाम जोडेर जनताले दिएको अधिकारलाई मिचेर आफ्नो जस्तो नभएपछि झगडामात्रै गरिरहने र जनताको पक्षमा वकालत गर्ने कुराहर बिर्सन थालेको पनि धेरै बर्ष भैसकेको छ ।
दोस्रो संविधान सभाले दिएको अधिकार अहिले काँग्रेस र एमालेले सहि ढंगबाट अगाडी बढाउन सकेनन् भने एमाओवादीले दोस्रो संविधान सभा चुनावमा भोगोको पराजय जस्तै फेरी दुईवटा पार्टीहरुले समेत आगामी दिनहरुमा पराजय भोग्ने खतरा बढेको छ । यसपालि पनि संविधान जारी गर्ने कुनै नयाँ बाटो वा नयाँ बिकल्पको खोजी गर्न सकेका छैनन् काँग्रेस र एमालेका लागि पनि यो निकै ठूलो चुनौती बनेको छ ।
जव संबिधान जारी गर्ने मिति नजिकिदै जान्छ अनि एक र अनेक बाहना बनाएर एक आपसमा द्धन्द्ध बढाउँछन् । एकले अर्कोलाई आरोप र प्रत्यारोप लगाउँछन् ।
अव जनताहरुले कसको कुरालाई बिश्वास मानेर अगाडी बढ्ने संविधान सभाभन्दा बाहिर रहेका ३२ दलिय मोर्चाले समेत अहिले संविधानका विभिन्न बिषयहरुमा बाधा पारेको देखिन्छ । मुख्य रुपमा संविधान भन्दा सत्ता साझेदारतर्फ केन्द्रि हुनुपर्ने भन्दै अन्य केही दलहरु पनि सत्तालाई सँगसँगै राखेर संविधानका कुरा अगाडी बढाउनेतर्फ अग्रसर देखिएका छन् । यस्तो प्रकारको फरक फरक शैली र प्रवृतीले अन्ततः आम नेपालीहरु नै यसको मारमा परेका छन् ।








