पछिल्लो समयमा जनताले गरेको परिवर्तनको चाहनामा संसद्मा ६२ प्रतिशत वामपन्थीको नाममा जनताको मत प्राप्त गरेका सांसद्हरूको उपस्थिति रहेको छ भने सडकमा देखिएको छ । वामपन्थी शक्तिको बाहुल्यता र बढिरहेको सशस्त्र युद्धको संत्रासले जनताको चाहनालाई सम्बोधन गर्नुको विकल्प नेपालमा छैन भन्ने स्पष्ट सन्देश गरेको छ । हुनत जनताले संसद्मा पु¥याएका सांसदहरू यथास्थितिवादका गोटी बनिरहेका छन् । जनताको इच्छा अनुकूल परिवर्तनका पक्षमा काम गर्न उनीहरू नितान्त असफल भइरहेका छन् । यसले गर्दा जनतामा निराशा बढ्दो छ । निराशाले गर्दा जनता विकल्पको खोजीतर्फ भांैतारिदो स्थितिवीच नेकपा–माओवादीवाट विभाजित भएर नया समुह जन्मिएको अवस्था छ ।चुलाचौका सबै कम्युनिष्टहरूका फरक–फरक छन् र भइरहेका पनि छन् । कोही जातीयतामा फसेका छन् र कोही धर्म प्रचारक अन्तर्राष्ट्रिय अभियानका गोटी पनि वनेका छन् ।








