दैलेखलाई सन् २०१४ भित्रै खुलादिसामुक्त जिल्ला घोषणा गरिसक्ने भन्दै गरिएको अभियान पनि अन्तिममा आएर हात्ति आयो हात्ति आयो फुस्सा झै भएको छ ।
अभियान सम्पन्न गर्नका लागि रातदिन नभनेर निकै खट्ने अभियान्ताहरु र आम जिल्लाका सवै सरोकारवाला निकायहरुले काँधमा काँध दिएकै कारण २ वटा गाविस र नगरपालिका मात्र अव खुलादिसामुक्त हुन बाँकी रहेका छन् । आशा गरौं अवको एक महिना भित्र दैलेख खुलादिसामुक्त जिल्ला घोषणा हुने संभावना देखिएको छ । पहिलो २०१४ भित्रको अभियान सम्पन्न हुन नसकेपनि अव २०१५ को पहिलो महिनाभित्र पनि दैलेख जिल्ला खुलादिसामुक्त जिल्ला घोषणा हुनसक्ने संभावना भने टरेको छैन् । दैलेखको यो खुलादिसामुक्त अभियानको सन्दर्भलाई हेर्ने हो भने पनि दुरगामि योजना नवनाएरै एक्कासी मिति घोषणा गर्ने हाम्रो प्रचलन भएकोले समेत अभियान तोकिएको समयमै सम्पन्न हुन नसकेको कुरालाई स्पष्ट पार्दछ । अवका हरेक कामहरुमा बास्तवीक क्षेत्रको पहिचान र उक्त क्षेत्र परिवर्तन गर्न कति समय लाग्छ सो को बास्तवीक अध्ययन गरेर मात्र काम सुरु गर्नुपर्ने गतिलो सिकाई पनि हुनुपर्ने हो तर असारे भल छोपेझै गरि विभिन्न दातृ निकायहरुबाट आएको बजेट सक्नका लागि मात्र गरिने अभियानहरु भने सार्थक हुन सक्दैनन् यसवारे सम्वन्धित निकाय गम्भिर हुनुपर्ने देखिन्छ ।








