शिक्षा कार्यालय र शिक्षक सबैको लापरवाही

जिल्लाको शैक्षिक स्तर सुधारका लागि जिल्लामा विभिन्न किसिमका पहलहरु       भैरहेका छन् । विभिन्न पहलहरुलाई मध्यनजर गर्ने हो भने पनि जिल्ला शिक्षा कार्यालयले यसप्रति त्यती धेरै ध्यान दिन सकेको छैन् । जिल्ला शिक्षा कार्यालय मार्फत हरेक बर्ष संचालन हुने साक्षरता अभियान केवल कागजमा मात्रै सिमिति हुने गरेको छ । यती मात्र हैन गत बर्ष मात्रै गाउँ गाउँमा कम्यूटरखरिदका लागि गरिएको अभियानमा समेत घोटाला भएको कुरा सार्वजनीक भैरहेका छन् । अख्तियारले समेत यस्ता विभिन्न बिषयहरुमा जिल्ला शिक्षा कार्यालय मात्र हैन् जिल्लाका निकै नाम चलेका शैक्षिक संस्थाहरुको कागजात अख्तियार दुरुपयोग अनुसंन्धान आयोगको कब्जामा रहेका छन् ।  भखैरै जिल्ला शिक्षा कार्यालय दैलेखले जिल्लाको समग्र शैक्षिक स्तर र अन्य भौतीक पुर्वाधारहरुका बारेमा अनुगमन सम्पन्न       गरेको छ । तर अधिकाँस विद्यालयहरुमा    परेका शैक्षिक सुधारका पुर्वाधार सम्वन्धि कामहरुमा अहिले पनि दश प्रतिशत खुलेआम चलिरहेको छ । पहिला जिल्ला शिक्षा कार्यालयले आफु भित्रैबाट सुधार नगरेसम्म जिल्लाको शैक्षिक स्तर सुधारमा समस्या हुने देखिएको छ । अव रह्यो अल्छि शिक्षहरुका कुरा उनीहरुको त कुरा गरि साध्य नै छैन् । सबै यो घानमा नपरेपनि अधिकाँस शिक्षकहरुले          ६ महिना मात्र बिद्यालयको शैक्षिक स्तर सुधारमा खटेको खण्डमा जिल्लाको समग्र शैक्षिक स्तर समेत पढ्ने देखिन्छ । यसो गरे मात्र  आठ कक्षाको बिद्यार्थीलाई एसएलसी पासको सर्टिफिकेट पनि दिनु पर्दैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार