दलहरु असक्षम भए

   दोस्रो संविधानसभाको निर्वाचन अघि प्रमुख     राजनीतिक दलहरुले गरेको प्रतिबद्धता पूरा     भएन । पहिलो संविधनसभाको दुई वर्षे अवधिलाई तन्काएर चार वर्षसम्म संविधान दिन नसकेपछि विघटन भयो भने दोस्रो संविधानसभा पनि निर्धारित समयमा संविधान दिन असफल भएपछि अनेक आशंका उत्पन्न हुदै गएका छन् ।
आजको दिन माघ ८ गते संविधन दिन्छौ भनेर जनता सामु खाएको बाचा आज राजनैतिक दलहरुले पुरा गर्न सकेका छैन ।
प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्दा गरिएको संविधान संशोधनमा संविधानसभाको अवधि चार वर्षको हुने उल्लेख      गरेका कारण संविधानसभा भंग हुने अवस्था नभए एक वर्ष्भित्र संविधान जारी हुन नसकेपछि नेताहरुको नैतिक जिम्मेवारी प्रदर्शन हुने कि नहुने भन्ने उत्सुकताको विषय छ ।
आम जनतामा उत्पन्न निराशालाई नेताहरुले कसरी सान्त्वना दिने हुन् र अब कति सालको माघ ८ गते संविधान दिने बाचा गर्ने हुन् त्यो पनि चासोको विषय छ । यतिबेला नेताहरुले जनविश्वास गुमाएको स्थिति छ । उनीहरुले कस्तो आश्वासन दिने हुन् भन्ने चासोको विषय छ । माघ ८ गते नेताहरुले संविधान जारी हुन नसक्नुको कारण के बताउँलान् रु कसले कसलाई दोषी देखाउलान् रु यी सब कुराहरु आजको दिनभरि निकै चारो र चर्चामा रहनेछ । त्यसो त संविधानसभामा भएको तोडफोड र दुई दिनको नाराबाजी भने आज अन्त्य हुनसक्छ । किनभने संविधान जारी गर्ने कार्यतालिका संशोधन हुनुको विकल्प छ ।
आखिर किन संविधान जारी हुन सकेन रु त्यस्तो अप्ठ्यारो के छ रु अहिले आम जनतामा उठेको प्रश्न यही हो । प्रमुख भनिनेन राजनीतिक दलका केही नेताहरुबीच सहमति हुन नसक्नु र प्रक्रियामा पनि जान नदिनुको कारणले संविधान जारी नभएपछि नेताहरुको कार्यक्षमतामाथि प्रश्न उठेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार