लगानी प्रभाबकारी बनाउदै बैक

   करिव दश बर्ष अघिको मात्र कुरा हो पाँचलाख ऋण स्वीकृत गराउनका लागि काठमाण्डौं जानुपर्ने बाध्यतामा    रहेको दैलेखको व्यापार व्यवसाय आजभोली निकै सहज हुँदै गएको छ ।
बिगतमा एउटा मात्र बैकको रुपमा काम गर्दे आएको राष्ट्रिय बाणिज्य बैकले दिने सेवामा सबैलाई चित्तबुझ्दो सेवा दिन नसकेको गुनासो समेत पछिल्ला बर्षहरुमा बैकले मेट्दै आएको छ ।             अहिले जिल्लामा निजी क्षेत्रका एक दर्जन भन्दा बढी बैकहरु खुलेका छन् सवैले सेवा सुविधाहरु प्रदान गरिरहेका छन् । सबै बैकहरुले दिएको सुविधा लगायतका कुराहरुलाई जिम्मेवारी अनुसार हेर्ने हो भनेपनि सबै बैकहरुको प्रमुख बैकको रुपमा जिम्मेवारी पाएको राष्ट्रिय बाणिज्य बैकले प्रवाह गरेका सेवाको सन्तुष्टिहरुलाई  स्थानीले राम्रो मुल्याँकन गरेको देखिन्छ ।
गाउँको बिकासको लागि अवका दिनहरुमा जिल्लामा रहेका सवै बैकहरुले गाउँस्तरमा रहेका कृषकहरु, व्यवसायिक काम गरेका युवाहरुलाई रकम लगानी गर्नुपर्ने देखिएको छ ।
राष्ट्रिय बाणिज्य बैँकले पछिल्ला दिनहरुमा गरेको प्रगती अव जिल्ला भित्र रहेका साना १२ वटा बजारमा सेवा विस्तार गर्न सकेमा अँझै यसको महत्व गाउँस्तरसम्म बढेर जाने देखिन्छ ।
दैलेख जिल्लाका विभिन्न कृर्षि पर्यटन र उर्जा जस्ता क्षेत्रहरुमा लगानी गर्न सकेको खण्डमा मात्र जिल्लाको प्रगती हुने राम्रा संभावनाहरु देखिएका छन् यसका लागि राष्ट्रिय बाणिज्य बैकले गरेको लगानीलाई अँझै प्रभावकारी बनाउन सक्नुपर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार